• २३ असार २०८१, आइतबार

झापामा जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ

blog

हत्यामा प्रयोग गरिएको कुटो । तस्बिर : लीलाराज खड्का

लीलाराज खडका

विर्तामोड, पुस ८ गते। आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका ४ इलुवावारीकी ४९ वर्षीया रनमाया बाँस्तोलालाई १२ घण्टा नबित्दै  प्रहरीले पक्राउ गरेको छ। 

झापा कनकाई नगरपालिका ४ इलुवावारीका ५६ वर्षीया पदमलाल बाँस्तोलाको टाउकोमा धारिलो हतियार प्रहार गरेर शिवसताक्षी नगरपालिका १० सगरमाथा टोल माई नदीको किनारमा हत्या गरेर फ्याकिएको अवस्थामा शव फेला परेको थियो। बिहीबार साँझ ५ बजेको समयमा स्थानीय वस्तु चराउन जानेले बाँस्तोलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।   

मृतक बाँस्तोला र बुहारी रनमाया बाँस्तोला  बुधबार दिउँसो २ बजेबाट घरबाट काँस काटन जाने  भन्दैसँगै कनकाई माईखोला बगरमा गएका थिए। घाँस काटेर बुहारीमात्रै घरमा फर्किएकी थिइन। सोधीखोजी गर्दा बाँस्तोलाको शव अनुहार नचिन्निने अवस्थामा काँसघारीभित्र  फेला परेको थियो।  

बाँस्तोलाको हत्यामा प्रयोग गरिएको हसिँया र कुटोसहित बुहारीलाई पक्राउ गरिसकिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी रुगमबहादुर कुवँरले जानकारी दिनुभयो। 

हत्यामा संग्लन बाँस्तोलाले आफूले हत्या गरेको स्वीकार गरेकी छन्। आफूलाई बलत्कार गर्न खोजेकाले प्रतिकार गर्दा मृत्युभएको बुहारीको बयान छ। मृतक बाँस्तोलाको शव नजिकै १० मुठाजति काटेर बिटा बनाएको काँससमेत फेला परेको छ। मृतक बाँस्तोलाका दुई छोरा, एक छोरी र श्रीमती छन्। 

प्रहरीले हत्या आरोपी बुहारी रनमाया बास्तोला र हत्यामा प्रयोग गरेको हँसिया र कुटोसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ। थप अनुसन्धान राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काले गोरखापत्रलाई जानकारी दिनुभयो।