कोशी प्रदेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
कोशी प्रदेशमा १४ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् भने एक जना भने मोरङ जिल्लाको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
धनकुटामा पनि घोङ्घी उत्पादन सुरु
अन्तर्राष्ट्रिय जगतमा सिफुड र तराईमा थारु समुदायको सांस्कृतिक खानपानको रुपमा पहिचान बनाएको परिकार घोङ्घी अब धनकुटामै व्यावसायिक उत्पादन सुरु भएको छ ।
पहिरोको जोखिममा वडा कार्यालय
सिद्धिचरण नगरपालिका-६ जन्तरखानीको वडा कार्यालय पहिरोको जोखिममा परेको छ ।
पाडाजुँगी-गौरीगन्ज सडक अलपत्र
असोज मसान्तभित्र नै काम सक्ने भन्दै पाडाजुँगीदेखि गेउरीया नजिकसम्म साढे ३ किलोमिट सडक भत्काएर अलपत्र पारिएको छ ।
‘कहिले खुल्छ टिप्ताला नाका ’
ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरुले सास्ती खेप्नु परेको छ ।
दमकमा मादक पदार्थ बिक्रीवितरणमा रोक
दमक नगरपालिकाले सार्वजनिक स्थलको १ सय मिटरमा मादक पदार्थ तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा बुधबारदेखि रोक लगाएको छ ।
उत्तरपानी प्राविधिक शिक्षालय जीर्ण
विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशुविज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एकमात्र कृषि प्राविधिक पढाइ हुने विद्यालयका नामले चिनिने यो विद्यालय कुनै बेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो ।
सवारीसाधन ट्राफिक कारबाहीमा
एक महिनाको अवधिमा ५२० वटा सवारीसाधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी कारबाहीमा परेका हुन् ।
‘बेम्बो स्मोक टी’ चियाको नयाँ स्वाद
नेपाल चिया तथा कफी विकास बोर्ड फिक्कलका चिया प्राविधिक नवीन कोइराला २०६८ सालमा टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट विषय अध्ययन गरिरहनुभएको थियो । युवा उमेरमा चियामा केही गरौँ भन्ने उहाँमा हुटहुटी थियो । पढाइसँगै उहाँ चियामा नयाँ तरिकाको प्रयोग गरिरहनुहुन्थ्यो । नयाँ प्रयोग गर्ने क्रममा एक पटक उहाँलाई चियालाई ढुङ्ग्रोमा हालेर आगोको माथि राख्दा कस्तो स्वाद हुन्छ होला भन्ने जिज्ञासा उब्जियो । उहाँले तत्काल दुईपाते चिया टिपेर ढुङ्ग्रोमा हाल्नुभयो र खाना पकाउने चुलोमाथि राख्नुभयो तर कहिलेसम्म राख्ने भन्ने कुनै योजना थिएन । उहाँलाई जति पुरानो हुन्छ त्यति महत्त्व हुन्छ भन्ने जानकारी थियो ।
करेन्ट लागेर झापामा श्रीमानको मृत्यु, श्रीमती घाइते
झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते हुनुभएको छ ।
कोशी विवाद सर्वाेच्चमा
कोशी प्रदेश सरकार गठनको विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ। मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा (एमाले) ले विवादलाई अदालत प्रवेश गराएको हो। विश्वासको मत लिने क्रममा संविधानको धारा १८६ को प्रतिबन्धात्मक वाक्यांशले निषेध गरेको कार्य सम्पन्न भएकाले बदरको माग पनि रिटमा गरिएको छ। मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा अध्यक्षता गर्नुभएका इस्राइल मन्सुरीले मत दिएपछि विवाद बढेको थियो। एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीका तर्फबाट बुधबार सर्वोच्चमा रिट दर्ता भएको हो। सर्वोच्च प्रशासनका अनुसार रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ।
अनुमति नलिएका पसललाई ग्यास बेच्न रोक
जिल्ला प्रशासन कार्यालयले अनुमतिबिना खाना पकाउने ग्यास बेच्ने पसललाई विक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनमा विक्री अनुमति लिएको नपाइएपछि जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी रोक लगाइएको हो ।
याम्फुदिनको खाँगे झरना पर्यटकको पर्खाइमा
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनमा रहेको खाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । हालसम्म प्रवद्र्धन र आवश्यक प्रचार प्रसारको अभावले ओझेलमा परेको खाँगे झरना पर्यटकको पर्खाइ गर्न बाध्य भएको हो ।
नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता, छजना पक्राउ
विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
बाढीले पुल बगाएपछि जनजीवन कष्टकर
टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो ।
कोशी प्रदेश क्रिकेट सङ्घमा सर्वजित पाण्डे
कोशी प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित हुनुभएको छ । झापाको काँकडभिट्टामा भएको संघको दोस्रो अधिवेशनबाट विराटनगर निवासी पाण्डे निर्वाचित हुनुभएको हो ।
इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने
चिया र अलैंची खेतीका लागि कहलिएको इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
बासी तेलकाे पुन:प्रयोग हानिकारक
झापाको दमकमा विभिन्न खाद्य सामग्री उत्पादन गर्ने उत्पादकहरुले प्रयोग गर्ने तेलमा शुद्धता नरहने गरेको र उनिहरुले तोकिएको मापदण्ड पुरा नगरी बजारमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । दमक नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेका अनुसार तेलमा तारेर बनाईने चिप्स लगायतका खाद्य सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्दा एउटै तेल बारम्बार प्रयोग गर्ने गरेको भेटिएको छ । एउटै तेललाई लामो समय सम्म खानेकुरा तार्न प्रयोग गरिएको भेटिएको छ, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
चौध वर्ष बित्यो बनेन पशु वधशाला
विराटनगरमा अव्यवस्थित ढङ्गले चलेका बजारका खुद्रा मासु पसलले अस्वस्थ्यकर माछा तथा मासु बिक्री गर्ने गरेको भन्दै यसको नियन्त्रण गर्ने अभियान सुरु भएको छ ।
मर्मतसम्भार नहुँदा शिक्षालय जीर्ण
विसं २०४० सालमा ८६५ रोपनीमा स्थापित धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय मर्मतसम्भारको बजेट अभावमा जीर्ण बन्दै गएको छ । यस शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डिप्लोमा र १८ महिने प्रिडिप्लोमा अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने यो विद्यालय क्षेत्र कुनै बेला पर्यटकीय क्षेत्रका रूपमा चिनिन्थ्यो ।
किर्ते नागरिकताका दोषी र बलात्कार आरोपी पक्राउ
जिल्ला प्रहरी कार्यालय पाँचथरले किर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ । किर्ते नागरिकताका दोषी फिदिम नगरपालिका–१४, का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका ५० वर्षीय गंगा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पशुपतिनगरमा भारतीय रुपियाँ साट्न प्रक्रिया सुरु
भारतीय रुपियाँ सटहीका लागि इलामको पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कले प्रक्रिया सुरु गरेको छ । वाणिज्य बैङ्कको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशनसहितको पत्र आएपछि आजबाट बैङ्कले प्रक्रिया थालेको हो ।
सुनसरीमा डेंगु सङ्क्रमितको सङ्ख्या १५ हजार नाघ्यो
डेंगु सङ्क्रमणबाट सुनसरीमा ज्यान गुमाउनेको सङ्ख्या एक दर्जन पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार ६ महिला र ६ पुरुषको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको हो ।