निर्माणाधीन पुलको पिल्लर बाङ्गियो
सुनकोशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि पुल निर्माणको काम थप प्रभावित भएको छ । खोटाङको वराहपोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्ने धाप्लाङस्थित पुलको पिल्लर नदीतर्फ ढल्किएको हो ।
पाँच वर्षमा पनि बनेन सडक
मोरङको पथरी शनिश्चरे–१० को भुटानी शरणार्थी शिविरबाट दक्षिणतर्फ शनिश्चरे बजार गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । २०८० साल गत भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने सडक तोकिएको मिति गुज्रिएर १० महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्वपश्चिम राजमार्गलाई विराटनगर–रङ्गेली–आमबारी हुँदै झापाको भद्रपुरसँग जोड्ने हुलाकी सडकसँग जोड्ने यो सडक २०७६ साल कात्तिकमा ठेक्का लागेको थियो । सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरीले एक अर्ब ५५ करोड ७३ लाख रुपियाँमा कान्छाराम
कोशी प्रदेश सभाबाट बजेट पारित
कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेट पारित भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकको बहुमतले बजेट पारित गरेको हो ।
भेडाको ऊनबाट बनेको सामग्रीको माग पूरा गर्न मिनाकुमारीलाई हम्मे हम्मे
याङवरक गाउँपालिका-३ ओयामको देवीस्थानकी मिनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष भयो ।
पर्यटकको रोजाइमा वेतना सिमसार
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
सडक कालोपत्रे नहुँदा सास्ती
मोरङको पथरीशनिश्चरे–१० को भुटानी शरणार्थी शिविरबाट दक्षिणतर्फ शनिश्चरे बजार–गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।
अरुण नदीको बहाव बढ्दा...
संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बहने अरुण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघाटको झोलुङ्गे पुलबाट सामान ओसार्दै स्थानीय मजदुर ।
बिर्तामोडमा छ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे
जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित बिर्तामोड नगरपालिकाले छ वर्षका अवधिमा सडक पूर्वाधारको विभिन्न योजना सम्पन्न गरेको छ ।
पालिकाको प्रशासनिक भवन निर्माण
जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो ।
हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो : महिला मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहनुभएको मन्त्री चौधरीले एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।
गोलिया ओसारपसारमा रोक
ताप्लेजुङका स्थानीय तहले गोलिया काठ ओसार–पसार गर्नमा रोक लगाएका छन् । ग्रामीण क्षेत्रका सडक जोगाउन स्थानीय तहहरूले गोलिया ओसारपसारमा रोक लगाएका हुन् ।
एकै गाउँका तीन किशोरी बेपत्ता
झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।
जोखिम मोलेर नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकालिँदै
सङ्खुवासभाको खांदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
दुर्घटनामा युवकको मृत्यु
झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
कोशीको बाढीले दिन्छ रोजगारी
वर्षा लागेसँगै सप्तकोशी नदीबाट दाउरा निकाल्ने काम सुरु भएको छ । पहाडी क्षेत्रमा वर्षा भएपछि सप्तकोशी कोरिडोर क्षेत्रका स्थानीय जोखिम मोल्दै बाढीसँगै बगेर आउने दाउरा निकाल्न व्यस्त छन् । असारको पहिलो हप्तादेखि नै वर्षा सुरु भएपछि पूर्वी पहाडी बस्तीबाट आएको बाढीले दाउरा बगाएर ल्याउन सुरु गरेसँगै सप्तकोशी कोरिडोर क्षेत्रका बासिन्दाले नदीबाट दाउरा निकाल्न थालेका हुन् । कोशी कोरिडोर आसपास क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू कोशीबाट दाउरा निकालेर पनि आम्दानी गर्छन् । सप्तकोशी नदीको चतरा, सिसौली घाट, महेन्द्रनगर, शुक्रबारे, राजावास, धरहरा, टपनलगायतका कोशी तटबन्ध क्षेत्रका बासिन्दा बाँसको टाँगोको सहायताले नदीबाट दाउरा निकाल्छन् ।
पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङका पहिरोपीडित परिवारलाई राहत वितरण गर्न सुरु गरिएको छ । जिल्ला विपत् व्यवस्थापन कोषमार्फत बाढी पहिरोपीडित परिवारलाई राहत रकम वितरण गर्न सुरु गरिएको हो ।
इलाममा हट्दै छ आकाशे पानीमाथिको परनिर्भरता
वर्षौँदेखि आकासेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी हुनुहुन्छ । उहाँ मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका छन् ।
जोखिम मोलेर नदीबाट दाउरा निकाल्दै स्थानीयवासी
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवम् दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
कटहरी गाउँपालिकाको बजेट पाँच करोड घट्यो
मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ५० करोड ८२ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण
जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो ।
प्रधानाध्यापकसहित पदाधिकारीलाई क्षमता विकास तालिम
शैक्षिक गुणस्तर सुधारको योजना बनाइ कार्यान्वयन गर्न लागेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीका लागि क्षमता तालिम सञ्चालन गरेको छ ।
ताप्लेजुङमा दुई सातापछि मौसम खुल्यो
ताप्लेजुङसहित पूर्वका जिल्लामा मनसुनी वर्षासँगै प्रतिकूल बनेको मौसम एक सातापछि खुलेको छ। निरन्तरको झरी, वर्षा र बादल रोकिएसँगै बिहीबार अपराह्नदेखि मौसम खुलेको हो।
मोरङका शिक्षक दलको सदस्यता त्याग्दै
विभिन्न दलमा आबद्ध शिक्षकले धमाधम आफू सङ्गठित दलबाट राजीनामा दिन थालेका छन् । मोरङको उर्लाबारी, पथरीशनिश्चरे र कानेपोखरीका शिक्षकले राजीनामा दिएको सम्बद्ध पार्टीका पदाधिकारीले जनाएका छन् ।
भोजपुरमा ट्राफिक सप्ताह २०८१ सुरु
भोजपुरमा सचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह २०८१ सुरु भएको छ ।