किसानलाई अनुदानमा मिनिमिल र हाते ट्याक्टर
फिदिम नगरपालिकाले किसानलाई ठुलो परिमाणमा मिनिमिल र हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मिल र हाते ट्याक्टर वितरण गरेको हो ।
उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै
वि.सं. २०४० सालमा आठ सय ६५ रोपनीमा स्थापित धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय मर्मत सम्भारको बजेट अभावमा जीर्ण बन्दै गएको छ ।
फक्ताङ्लुङका किसानलाई कृषि तालिम
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई विदेशी प्रशिक्षकले कृषिसम्बन्धी तालिम दिन सुरु गरेको छ ।
श्रीलङ्का टापुमा रोकिएन कटान
सुनसरीको श्रीलङ्का टापुमा कोशीको कटान बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोल सुरक्षित स्थानमा सारेको छ । टापुमा कटान हुने व्रmम नरोकिएपछि कोशीको कटान क्षेत्रमा रहेको बिजुलीको पोल सारिएको हो ।
पाँचौँ पूर्ण विस्तारित बैठक सुरु
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पाँचौँ पूर्ण विस्तारित बैठक तथा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धनकुटाले आयो
कोशी प्रदेशका मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको विरोधका बीच प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुभएका प्रदेशसभा सदस्य इस्राइल मन्सुरले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रस्तुत गर्नुभएको विश्वासको मत पारित भएको घोषणा गर्नुभएको छ ।
नातिनीलाई जबरजस्ती गर्ने हजुरबा पक्राउ
आफ्नै १४ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् ।
भोजपुरमा लाखे जात्राकाे रौनक
भोजपुर जिल्ला सदरमुकामस्थित चारभन्ज्याङमा नाग पञ्चमीको अवसरमा लाखे जात्रा गरिएको छ । जिल्लाको वाेखिम, काफ्ले, टक्सार, भैसिपन्खा, प्याउली, चम्पे, याङपाङ,च्यानग्रे लगायत छेत्रमा लाखे नाच देखाउने परम्परा छ ।
लम्पी स्किनको सङ्क्रमण दर घट्यो
पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण दर घट्दो क्रममा छ । विशेषगरी गाई गोरुमा लाग्ने लम्पी स्किनविरुद्धको खोप अभियानलाई तीव्रता दिन थालिएसँगै सङ्क्रमण दर घट्न थालेको हो ।
वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको वार्षिक उत्सव
वक्रकुण्ड महादेव मन्दिरको आयोजनामा श्री वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको १३ औं वार्षिक उत्सव समारोह तथा निःशुल्क स्वास्थ्य शिविरका साथमा नागपञ्चमी मेला सम्पन्न भएको छ ।
इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र बन्ने
इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिनुहुने
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिने निर्णय भएको बताउनुभयो ।
वराहक्षेत्र मन्दिर जाने सडकमा पहिरो खसेर बाटो बन्द
वराहक्षेत्र मन्दिर जाने बाटोमा आइतबार राति पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । कोशी पुलदेखि १ किलो मिटर अगाडि पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।
तीन वर्षदेखि रोकिएको लाखेजात्रा फुटबल यस वर्ष हुने
कोभिड–१९ महामारीपछि रोकिएको ताप्लेजुङकै ऐतिहासिक एवम् ठुलो धनराशि भएको फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन हुने भएको छ ।
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
झापाको बुद्धशान्तिमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । आइतबार बिहान एजुकेशन फाउन्डेसनको मे १ क ८६० नम्बरको स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते बालिकाको उपचारका क्रममा आज (सोमबार) मृत्यु भएको हो ।
कोशी प्रदेशको कार्य व्यवस्था परामर्श समिति बैठक प्रभावित
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि उहाँले बिहान बोलाउनुभएको कार्य व्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ । कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूबिचको अनौपचारिक छलफलले बैठक स्थगित गरी आजै मध्यान्ह सवा १२ बजे बैठक बस्ने सहमति गरेको थियो ।
उपसभामुख बैठकमा अनुपस्थित हुने भएपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको बताउनुभएको छ । अचानक बिरामी परेको भन्दै भदौ ४ गते र त्यसभन्दा पछाडिको बैठक सञ्चालन गर्न नसक्ने जानकारी उहाँले प्रदेशसभा सचिवालयलाई दिनुभएको हो ।
शैक्षिक गुणस्तरमा व्यापक सुधार गरेका छौँ
साबिकका त्रिवेणी, कटारी, स्वरुङछबिसे, रिस्कु, सिरिसे, लिम्पाटार, मयाखु, हर्देनी र लेखानीसमेत गरी १० वटा गाउँ विकास समितिलाई एकीकृत गरी गठन गरिएको कटारी नगरपालिका उदयपुरको दोस्रो ठुलो नगरपालिका हो ।
साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा
भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो ।
डेङ्गु सङ्क्रमण बढ्दो
ओखलढुङ्गामा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हालसम्म चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका जनस्वास्थ्य निरीक्षक शिवकुमार यादवका अनुसार हालसम्म चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउन जोड
कोशी प्रदेश प्रमुख परशुराम खापुङले भाषा आयोगले गरेको सिफारिसअनुसार कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउनमा सरकारले स्वीकार गरी पहल थाल्दा हुने बताउनुभएको छ ।
नक्कली नोटसहित एक पक्राउ
सुनसरीको रामधुनी नगरपालिका बाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
सर्पको टोकाइबाट एकको मृत्यु
झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका –२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।
मासु र अण्डा उत्पादन वृद्धि
कृषि व्यवसायका लागि उर्वर मानिने सुनसरी जिल्लामा सबैभन्दा बढी अण्डा र खसीको मासु उत्पादन भएको तथ्याङ्कले देखाएको छ ।