भारतीय रुपियाँको दबदबाले नेपालमै नेपाली रुपियाँ अभाव
सुन्दा पनि अचम्म लाग्छ । आफ्नो साथमा प्रशस्त नेपाली रुपियाँ छ तर उहाँहरूले रुपियाँको अभाव झेल्नु परिरहेको छ । यो बाध्यता इलामको पूर्वी सीमावर्ती क्षेत्रका नागरिकको हो ।
युवाको पलायनले बाझिँदै खेतीयोग्य जमिन
हिमाली जिल्ला ताप्लेजुङमा खेतीयोग्य जमिन बाझिँदै गएको छ । पछिल्लो समय रोजगारको खोजीमा युवा विदेश लाग्न थालेपछि जनशक्ति अभावमा खेतीयोग्य जमिन बाझिँदै गएको हो ।
शिक्षकको आन्दोलनमा वडा सरकारको ध्यानाकर्षण
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्नो पेशागत हकहितको माग राखेर केही दिनदेखि गर्दै आएको आन्दोलन प्रति वडा सरकारको ध्यानकर्षण भएको छ ।
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न आवेदन माग
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
फक्ताङ्लुङ गाउँपालिकामा फोरजी सेवा सुरु
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सुचारु भएको छ ।
अनावश्यक ठाउँमा बजेट लगानी
वसन्तपुर–गुफापोखरी सडकखण्डको अनावश्यक ठाउँमा ग्याबिन जाली लगाइएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । बजेट सिध्याउनका लागि आवश्यक नपर्ने ठाउँमा संरचना तयार गर्दा अन्य विकास गतिविधिलाई समेत नराम्रो प्रभाव पार्ने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।
सर्वसाधारणको २४ करोड ठगी गर्ने दम्पती कारागार चलान
झापामा सर्वसाधारणको साढे २४ करोड रकम ठगी गरी पक्राउ परेका झापा गौरादहका विश्वकर्मा दम्पती पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
दमकमा सडक मर्मत सम्भारमा लापरबाही
झापाको दमक नगरपालिका भित्रका जीर्ण बनेका कालोपत्रे सडक मर्मत सम्भारमा लापरबाही गर्ने गरेको भेटिएको छ । दमक नगरपालिका पुर्वधार शाखाका अनुसार विभिन्न सडकहरू मर्मत सम्भार हुँदै आएकोमा केही ठाउँमा लापरबाही भएको गुनासो आएको हो ।
श्रीलङ्का टापुमा कटान नरोकिएपछि बिजुलीको पोल सारियो
सुनसरीको श्रीलङ्का टापुमा कोशीको कटान बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोल सुरक्षित स्थानमा सारेकाे छ । टापुमा कटान हुने क्रम नरोकिएपछि कोशीको कटान क्षेत्रमा रहेको बिजुलीको पोल सारिएको हो ।
कफी उद्यमी निर्यात क्षमता बढाउँदै युरोपियन युनियन
स्थानीय साना तथा मझौला २१ जना कफी व्यवसायीहरू लक्षित गरी यो कार्यशाला आयोजना गरिएको हो ।
सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा
उहाँले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईकाे शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पार्नुभयो ।
स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार
भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।
कैदी मृत्यु प्रकरण: दुई जनाको नाममा मात्र किटानी जाहेरी, अनुसन्धान रनभुल्ल
जिल्ला कारागार खाँदबारीमा गत साउन २३ गते मृत्यु भएका २ कैदीको छानबिनका लागी ३ वटा छुट्टाछुट्टै अध्ययन तथा छानबिन समिति गठन भएका छन् । तर समितिले अनुसन्धानको काम भने अघि बढाउन सकेको छैन ।
नेपालबाट बिहारमा रक्सी तस्करी
नेपालको भारत सीमामा रहेको बिहार राज्यमा मादक पदार्थ सेवन र विक्री वितरणमा रोक लागेसँगै नेपालबाट भारतीय बजारमा मादक पदार्थ चोरी पैठारी बढेर गएको छ ।
सौर्य पम्प मर्मत गर्दै गाउँपालिका
शून्य लागतमा खेतबारी सिँचाइ गर्न सकिने सौर्य पम्प प्रणाली अर्थात् ‘सोलार सिँचाई’ प्रति कचनकबल गाउँपालिकाले चासो दिँदै पुराना सोलार सिँचाइको मर्मतसम्भार सुरु गरेको छ ।
भारतीय सवारी साधनको ठक्करबाट ज्यान गयो
झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
मोरङ क्रिकेट सङ्घमा सादबाबु
नेपाल क्रिकेट सङ्घ मोरङको अध्यक्षमा मोहम्मद सादबाबु निर्विरोध निर्वाचित हुनुभएको छ ।
पहिरोले फिदिम-रानिटार-लुङरुपा सडक अवरुद्ध
निरन्तर भएको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो र ढिस्को लड्दा पाँचथरको सदरमुकाम फिदिमदेखि रानिटार हुँदै लुङरुपा जाने सडक अवरुद्ध भएको छ।
‘खोटाङ प्रतिभा–२०८०’ को उपाधि आश्विन र कवितालाई
‘खोटाङ प्रतिभा–२०८०’ को उपाधि आश्विन राई र कविता श्रेष्ठले जित्नुभएको छ । सोमबार राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सम्पन्न भएको फाइनलमा गायनतर्फको उपाधि आश्विनले र नृत्यतर्फको उपाधि कविताले जित्नुभएको हो ।
प्रदेश सभा बैठक आह्वान
कोशी प्रदेश सभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव असार १५ गते अस्वीकृत भए लगतै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठक ४५ दिनपछि बस्ने गरी सूचना प्रकाशित भएको छ ।
मालतीले पाइन् नागरिकता
मोरङ कै सबैभन्दा होची महिला मालती ऋषिदेवलाई जिल्ला प्रशासन कार्यालय मोरङले जन्मसिद्ध नागरिकता प्रदान गरेको छ ।
पाँच पटक म्याद थप्दा पनि बनेन
फेदाप गाउँपालिका–५, इसिबुमा निर्माणाधीन स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र छ । पाँचौँ पटकसम्म म्याद थप्दासमेत काम अगाडि बढेको छैन ।
सडक बिचैमा रुख राखेर कालोपत्रे
लाखौँ रकम खर्चेर सडकको स्तरोन्नति गर्न कालोपत्रे गरिएको छ तर सडकको बिचैमा भएको रुख काटिएन । हेर्ने र देख्नेलाई समेत आश्चर्य लाग्न सक्छ ।
समस्या बन्दै ‘कजवे’
धनकुटाको हिलेबाट काठमाडौँसम्म दैनिक रुटमा चल्ने चण्डीका गाडीका चालक देवीप्रसाद दाहालले दिन बिराएर करिब छ सय किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने हुन्छ । छ सय किलोमिटरको यात्रामा उहाँलाई सबैभन्दा गाडी कुदाउन समस्या हुने खण्ड हो हिले–धनकुटा सडकखण्ड ।