पोल्ट्रीफार्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु
धनकुटामा लेदोले भरिएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका –१० मार्गास्थित बिजय पोल्ट्रीफार्मले फोहोर फाल्न बनाएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको हो ।
सुनसरीमा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलको सामूहिक अपिल
सुनसरीका विभिन्न राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गरेको छ । शनिबार सामूहिक रूपमा अपिल जारी गर्दै आन्दोलनरत सबै पक्षलाई आफ्ना सब प्रकारका आन्दोलनका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न आग्रह गरेको हो ।
इलाम उपनिर्वाचन : सुहाङसहित सात जनाको मनोनयन दर्ता
आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ ।
सुकुम्वासी परिवारको घरमा डोजर
सुनसरीको गढी गाउँपालिका-६ सतैरझोरा हातिमुडामा दुई सुकुम्वासी परिवारको घरमा डोजर चलाइएको छ । ऐलानी जग्गा नजिकै जग्गा रहेका एक जना जग्गावालाले अदालतको आदेश भन्दै दुई सुकुम्वासी परिवारको घरमा डोजर चलाएको हो ।
बेहुलीजस्तै शृङ्गारिदै कुम्भ नगरी
एक महिनाको अन्तरालमा चतराको मुख्यबजार आसपास क्षेत्रमा बाक्लो चहलपहल सुरु भएको छ । बाह्र वर्षे पूर्ण महाकुम्भ नजिकिदैजाँदा कुम्भ स्तम्भ क्षेत्रलाई बेहुलीजस्तै शृङ्गारिएको छ ।
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सो कार्यक्रमबारे तयारी भइरहेको बताउनुभयो ।
दमकमा शरणार्थीसम्बन्धी फोटो प्रदर्शनी
झापाको दमकमा भुटानी शरणार्थीको जीवन भोगाइबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
इलाम–२ उपनिर्वाचन मनोनयन दर्ता सुरु
वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
सुनसरीमा शनिबार पनि कर्फ्यु जारी
सुनसरीमा दुई समुदायबिचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिमबिचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई शनिबार पनि निरन्तरता दिइएको हो ।
बाह्र वर्षे महाकुम्भ मेला
सुनसरीका धार्मिक तीर्थस्थलमा सन्त तथा भक्तजनको चहलपहल सुरु भएको छ । नेपालको एक मात्र स्थानमा लाग्ने महाकुम्भका लागि सन्त महात्मादेखि तीनै तहका सरकारको सहभागितामा स्थानीय राजनीतिक दल, सङ्घ संस्थालगायत स्थानीयवासी मेलाको तयारीमा जुटेका छन् । धर्तीकै पहिलो तीर्थका रूपमा परिचित वराह क्षेत्रको काखमा आयोजना हुने बाह्र वर्षे पूर्ण महाकुम्भ मेला सँघारमा रहेको छ । एक महिनासम्म लाग्ने पूर्ण महाकुम्भ मेला यही चैत २७ गतदेखि २०८१ वैशाख २८ सम्म लाग्दै छ । नेपालमा एक र भारतका चार गरी जम्मा पाँच स्थानमा लाग्ने गरेको कुम्भ मेला नेपालमा सुनसरीको वराह क्षेत्रस्थित चतरामा लाग्दै आएको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाका रूपमा सनातन हिन्दु धर्मावलम्बीले लिने गरेको कुम्भ मेलामा लाखाैँ मानिसको जमघट हुने छ ।
श्रद्धासुमन दधिराज दाइ
राजनीति, साहित्य र संस्कृतिको राजधानी विराटनगर यसबेला दधिराज सुवेदीको अवसानबाट शोकमय हुन पुगेको छ । नेपाली साहित्यले अपूरणीय क्षति बेहोर्नु परेको यस घडीमा विराटनगरको साहित्यिक र सामाजिक क्षेत्रमा रिक्तता छाएको छ । ‘वरगाछी’ र दधिराज सुवेदी विराटनगरका पर्याय हुन् । सुवेदीको सक्रियताबाट वरगाछीले थुप्रै लेखक/कविलाई प्रकाशनमा ल्याएको कुरा स्मरणीय छ । सुवेदीले आफ्ना लेखनीका माध्यमबाट विराटनगरको ऐतिहासिकतामाथि प्रकाश पार्दै समग्र मोरङ जिल्लाको साहित्यिक–सांस्कृतिक वैभवलाई चिनाउन कुनै कसर बाँकी राख्नुभएको छैन ।
स्थानीय कृषकलाई सामग्री प्रयोगसम्बन्धी तालिम
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थानीय कृषकलाई सामग्री प्रयोगसम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ । परियोजना कार्यान्वयन इकाई तेह्रथुम सुन्तला जोन, धनकुटाले सुन्तला जात फलफुल बगैचा व्यावस्थापन कार्यक्रम अन्तर्गत सो तालिम प्रदान गरेको हो ।
पाँचथरमा याङनाम गोल्ड कपको तयारी
दोस्रो संस्करणको याङनाम गोल्ड कप चैत २७ देखि वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ।
तेस्रो संस्करणको बक्रकुण्ड गोल्ड कप सुरु
बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण धनकुटामा सुरु भएको छ ।
खोटाङमा रक क्लाइम्बिङ सफल परीक्षण
खोटाङको मझुवाभिरमा रक क्लाइम्बिङ सफल परीक्षण गरिएको छ ।
सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ ।
फालेलुङमा ७ औँँ चौँरी महोत्सवको तयारी
पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौँरी महोत्सव आयोजना हुने भएको छ ।
सुनसरीको भुटाहा तनावग्रस्त, ५१ राउण्डभन्दा बढी हवाई फायर
प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ । दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पैदल मार्गको प्रयोग गरी लागूऔषध ओसारपसार गरिँदै
जिल्ला सदरमुकाम गाईघाट क्षेत्रका सीमानाकामा प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेपछि पैदल मार्गको प्रयोग गरी लागूऔषध ओसारपसार गर्न थालेका छन् । जिल्ला बाहिरबाट लागुऔषध कारोबार हुने गरेकाले नियन्त्रणका लागि प्रहरीले सीमानाकामा सवारीसाधन चेकजाँचलाई बढाएको थियो ।
मेची-महाकाली पैदल यात्रा सुरु
‘प्रति व्यक्ति ८ बिरुवा रोपौं, प्रकृतिबाट लिएको उधारो तिरौं’ भन्दै झापाका ४ जना युवाले पर्यावरण संरक्षणको निम्ति जागरण अभियान घोषणा गर्दै मेची-महाकाली पैदल यात्रा सुरु गरेका छन् ।
हरिनगरामा झडप, दुई घाइते
सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा भएको एक युवामाथिको सामूहिक आक्रमणको घटानले शुक्रबार विहानदेखि यहाँ तनाव उत्पन्न भएको छ । झडपमा दुई जना युवा घाइते भएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु
सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा कर्फ्यु आदेश जारी भएको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयलले बिहीबार भएको एक युवामाथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार बिहानैबाट भएको विरोध प्रदर्शनलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।
८४ अघि नै वाम एकता हुन्छ: खनाल
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले २०८४ साल अघि नै नेपालका बाम शक्ति बिच एकता हुने बताउनु भएको छ ।
सामाजिक सुरक्षा कोषको सुविधा क्षेत्र विस्तार गर्न सुझाव
सामाजिक सुरक्षा कोषमा भएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य सदस्यलाई पनि समेट्न रोजगारदाताहरुले सुझाव दिएका छन् ।