• १२ असार २०८१, बुधबार

सवारी दुर्घटना हुँदा दुईको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, जेठ २४ गते । झापा मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटी चालक झापा बुद्धशान्ति गाउँपालिका –५ बस्ने अन्दाजी वर्ष २५ का लीलाप्रसाद ढुङ्गेल र सोही स्कुटीमा पछाडि सवार इलाम रोङ गाउँपालिका वडा –५ बहुवन बस्ने अन्दाजी वर्ष २९ का चेतन रिजाल रहनुभएको छ ।

बुधबार राति १०.४५ बजेको समयमा मेचीनगर नगरपालिका –१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटीले हाइवेको बायाँ साइडमा बिग्रिएर रोकिराखेको को १ च ७२६४ नम्बरको बोलेरो पिकअपलाई ठक्कर दिई दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका दुवैलाई बीएण्डसी अस्पताल बिर्तामोड लैजानासाथ राति ११ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । स्कुटी र बोलेरो पिकअप गाडी प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको छ । बोलेरो पिकअप चालक सम्पर्कमा नभएको हुँदा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।