• २१ असार २०८१, शुक्रबार

पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँ: प्रदेश प्रमुख खापुङ

blog

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ । फाइल तस्बिर

मोरङ, जेठ २३ गते । कोशी प्रदेशका प्रदेश प्रमुख  परशुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताउनुभएको छ । विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षारोपण कार्यक्रममा उहाँले प्रत्येक नागरिकले घरमा एक/एक रुख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले प्लास्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षारोपण तथा वनजङ्गल संरक्षण गरे वातावरण प्रदूषण न्यूनीकरण र बाढी पहिरो रोकथाममा योगदान पुग्ने भन्दै सबैको ध्यानाकर्षण गराउनुभयो । त्यसअवसरमा प्रदेश प्रमुख कार्यालयका सचिव छविन्द्र पराजुली, कर्मचारी एवम् सञ्चारकर्मीले विभिन्न जातका बिरुवा रोपेका थिए । रासस