कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री थापा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशको सरकार अत्यन्तै सङ्कटपूर्ण अवस्थामा चलिरहेको बताउँदै यसको निकासका लागि प्रदेशका सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।
गाडिएको अवस्थामा रेशिकाको शव फेला
तेह्रथुमको आठराई गाउँपालिका–१ सङ्क्रान्ति गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
मापदण्ड विपरीतका ‘कज-वे’ ले यातायातमा समस्या
धनकुटा क्षेत्रमा पर्ने राजमार्गहरूमा बनाइएका मापदण्ड विपरीतका 'कज-वे' ले यातायात सञ्चालनमा समस्या हुने गरेको छ । लामो दुरीमा चल्ने ठुला गाडीहरू 'कज वे' मा ठोक्किने गर्दा दुर्घटना समेत हुने गरेका छन् ।
पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।
चार्जिङ स्टेसन सञ्चालनको तयारी
विराटनरमा आगामी भदौदेखि सवारी चार्जिङ स्टेसन सञ्चालनमा आउने भएको छ । विराटनगर–११, बसपार्क परिसरमा निर्मित चार्जिङ स्टेसन प्राविधिक परीक्षणपछि सञ्चालनमा आउने छ ।
संरक्षणको पर्खाइमा वाग्मा पोखरी
मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४, साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
वन कर्मचारीकै मिलेमतोमा खयर कटान
तस्करले प्रतिबन्धित खयर काटेर ट्याक्टरमा लाँदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयलाई जानकारी गराएका थिए ।
डेंगुबाट झापामा तीनको मृत्यु, ७२७ सङ्क्रमित
झापामा डेंगुका कारण तीन जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । सङ्क्रमियमध्ये १०४ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
हलेसी तुवाचुङका विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा
खोटाङको हलेसी तुवाचुङका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाको “शून्य शुल्क” कार्यक्रमअन्तर्गत सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क बनाइएको हो ।
कोशी प्रदेश सरकारमा आज जसपा सहभागी हुँदै
पहिचानसहितको प्रदेश पुनः नामकरणको माग गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) आजबाट कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा
सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ ।
जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘प्रदेश सरकारको प्रतिबद्धता’ पत्र सार्वजनिक गर्दै उहाँले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाएर यसको सुदृढ जगमा प्रदेश संरचनाको आवश्यकता र महत्व आम जनतामाझ अनुभूति गराउने प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
पूर्वी नाका काँकडभिट्टामा सिसी क्यामेरा जडान
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सिसीक्यामेरा जडान गरिएका छन् ।
सन्दकपुर डाँडा पदमार्ग निर्माण
इलामको प्रमुख पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडा पदमार्गले जोडिएको छ । सङ्घीय सरकारको आर्थिक लगानीमा माईपोखरीबाट सन्दकपुर जोड्ने पदमार्गको छिन्टापु–सन्दकपुर खण्डको निर्माण पूरा भएको हो ।
भेडीगोठको उँभौली यात्रा (फोटो फिचर)
हिजोआज नेपालका विभिन्न उच्च हिमाली क्षेत्रका सेरोफेरोमा भेडाका बथान रमाउँदै चरिरहेको भेट्न सकिन्छ । गोठालाले उभौली घुम्ती शिविरका रूपमा भेडी गोठ लेकतिर लागेसँगै अहिले माथिल्लो भेगमा चरनमा रहेका भेडाका बथान भेटिने गरेका हुन् ।
गुराँस संरक्षण अभियान
प्रत्येक शनिबार आउनेबित्तिकै हातमा गुराँसका बिरुवा बोकेर सडक छेउछाउ पुग्नुहुन्छ, म्याङ्लुङ नगरपालिका–६ का मित्र नेपाली । उहाँले मध्यपहाडी लोकमार्गको दायाँबायाँ गुराँसका बिरुवा रोप्न थाल्नुभएको दुई वर्ष भयो । राष्ट्रिय फूल लालीगुराँस संरक्षण गर्ने उद्देश्यले नेपालीले सुरु गर्नुभएको गुराँसको वृक्षरोपण अभियानमा अहिले गाउँले र छिमेकीले पनि साथ दिन थालेका छन् ।
खाल्डोमा डुबेर दुई बच्चाको मृत्यु
झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना टोलमा बिहीबार दिउँसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको मृत्युभएको छ ।
विपन्नलाई डेंगु जाँच र उपचार निःशुल्क
झापाको दमक नगरपालिकामा आर्थिक अवस्था कमजोर भएकाहरुका लागि डेंगुको सङ्क्रमण जाँच निःशुल्क व्यवस्था गरिएको दमक नगरपालिकाले जनाएको छ ।
कारागारभित्र मृत्यु प्रकरण : निष्पक्ष छानबिनका लागि आफन्तको माग
सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।
विजेतालाई दमक परिक्रमा सहित सम्मान
सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता रोशन मगर र रजत पदक विजेता श्यामप्रसाद वास्कोटालाई दमक परिक्रमा सहित सम्मान गरिएको छ ।
दाङमा एक वर्षमा २८ खानेपानी योजना
दाङमा एक वर्षको अवधिमा २८ वटा खानेपानी योजना निर्माण सम्पन्न भएका छन् ।
विद्यालयको लापरबाही, धरापभित्र पढ्दै विद्यार्थी
खोटाङको एक विद्यालयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीको कारण विद्यार्थी जीर्ण भवन (धराप भित्र) बसेर अध्ययन गर्न बाध्य भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदिस्थित पत्करु आधारभूत विद्यालयमा नयाँ भवन बने पनि पुरानै भवनमा विद्यार्थीलाई राखिएको पाइएको छ ।
कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्
सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् ।
डेङ्गु परीक्षण निःशुल्क
विराटनगर महानगरपालिकाले डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिकाभित्र डेङ्गु रोग पहिचानका लागि रानी अस्पताल र बैजनाथपुर अस्पतालमा परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो ।