• १४ असार २०८१, शुक्रबार

किसानलाई मकै थन्क्याउने चटारो

blog

बाबुराम कार्की

वराहक्षेत्र, जेठ २३ गते  ।  अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई मकै भाँच्न भ्याइनभ्याइ हुन थालेको छ । वैशाख सकिएसँगै मकै भाँच्न सुरु गरेका किसानलाई पाकेको अघौटे मकै भिœयाउन चटारो परेको छ । तराईका खेतीयोग्य जमिनमा अघौटे र पछौटे मकै खेती गर्ने चलन छ । 

अघौटे मकै भिœयाउनुपर्ने भएकाले तराईका जिल्लामा किसान खेतमै व्यस्त हुन थालेका छन् । वैशाख अन्तिमबाटै मकै भाँच्न सुरु गरेका किसानलाई मकै भाँच्ने, दाउनी गर्ने, सुकाउने र भिœयाउने चटारो छ । समयमै मल बिउ उपलब्ध हुँदा मकै उत्पादन राम्रो भएको वराहक्षेत्र–९ का किसान जितेन्द्र कविरथले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष सुनसरीमा मकै उत्पादनमा वृद्धि हुने बताइएको छ । 

खेतभरि पाकेको र फव्रmँदै गरेको मकै वर्षाले भिœयाउन नदिने हो कि भन्ने पिर किसानलाई छ । मौसमले साथ दिइरहेकाले सुनसरीका किसान पनि पाकेको मकै भाँचेर थे्रसर गर्न थालेका छन् । वराहक्षेत्र–१० का कृषक प्रेम अधिकारीले भन्नुभयो, “अहिले सुनसरीका फाँटमा मकै भाँच्ने, सुकाउने र थे्रसर गर्ने काममा किसान व्यस्त छन् ।” तराईका जिल्लामा मकै बाली भिœयाउने क्रम असार अन्तिमसम्म रहन्छ । मकै उठाएर बेलैमा धान रोप्ने खेतमा आली लगाउन पनि चटारो छ ।  

वराहक्षेत्र–१० का वेदनिधि पौडेलले पानी परेर मकै बिग्रिने डरले एक बिघामा लगाएको हाइब्रिड मकै भाँचेर थे्रसर गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “फलेको मकै पानीले बिग्रेला कि भनेर भाँचेर बिक्री गरिसकेको छु ।” तराईका जिल्लामा किसानले हाइब्रिड जातका बिउ डिकेसी ९०८१, सुपर ९०० एम, अलराउन्ड, राजकुमार, टी एक्स ३६९, टी सिएस् ९२२०, १० भी १० र नेपालमै उत्पादित रामपुर कम्पोजिटलगायतका मकै लगाउँदै आएका छन् । 

मकै खेती अन्य बाली जस्तो हेरचाह गरिराख्नु नपर्ने भएकाले पनि कृषकको आकर्षक बालीका रूपमा पर्दै गएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । नेपालमा खेती गरिँदै आएका बालीमध्ये दोस्रो प्रमुख बालीका रूपमा मकै बाली पर्ने गरेको छ । जिल्लाको उत्तरी र दक्षिणी क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन, भोव्रmाहा, सिङ्गिया, नर्सिङ, बबिया, गौतमपुर, देवानगन्ज, कप्तानगन्ज, राजगन्ज, सिनुवारी, साहेबगन्जलगायतमा किसानले व्यावसायिक रूपमै मकै खेती गर्दै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार जिल्लामा यस वर्ष १५ हजार हेक्टर क्षेत्रफलभन्दा बढीमा मकै खेती लगाइएको छ । सुनसरीमा मकै बालीलाई आवश्यक पर्ने हावा, पानी र माटो सुहाउँदो भएकैले मकै बाली फस्टाउँदै गएको छ ।