• २७ फागुन २०८१, मङ्गलबार

बाहिनिपति ट्रफि खेलकुद प्रतियोगिता सुरु

blog

बाहिनिपति ट्रफि २०८१ खेलकुद प्रतियोगिताको उद्घाटनमा सहायक रथी मनोज बैदबार । तस्विरः भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, जेठ २१ गते । उदयपुरको सदरमुकाम गाईघाटमा बाहिनिपति ट्रफि २०८१ खेलकुद प्रतियोगिता सुरु भएको छ । नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा भुल्केको आयोजनामा त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रङ्गशालामा विभिन्न विधामा सोमवारदेखि खेलकुद प्रतियोगिता सुरु भएको हो । 

नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा अन्तर्गत रहेका पशुपतिप्रसाद गण उदयपुर, दुर्गा बक्स गण ओखलढुङ्गा र रणभिम गण, खोटाङको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा फुटबल, तेक्वान्दो, बक्सिङ्ग, स्विमिङ, सुटिङ र एथलेटिक्स लगायतका खेलको प्रतियोगिता हुने १८ नम्बर बाहिनी अड्डाका बाहिनिपति सहायक रथी मनोज बैदवारले बताउनुभयो । 

सहायक रथी बैदबारले सेनाका सकल दर्जालाई सैनिक तालिमको अतिरिक्त खेलकुद क्षेत्रमा समेत निपुण बनाउन वार्षिक कार्यक्रमअनुसार यस किसिमको खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । आज भएको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पशुपतिप्रसाद गण गाईघाटलाई पराजित गर्दै दुर्गाबक्स गण ओखलढुङ्गा प्रथम बनेको छ । पशुपति गण बोक्सेलाई १–० ले हराउँदै दुर्गा गण विजयी बनेको छ । 

खेलको पहिलो हाफमा दुर्गा गणको तर्फबाट जर्सी नं ६ का गोकुल कुँवरले गोल गरेका थिए । सोही गोल दुर्गा गणका लागि विजयीको निर्णय गोल बन्यो । प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापालगायतको उपस्थिति थियो ।