• २७ फागुन २०८१, मङ्गलबार

ज्येष्ठ नागरिकलाई हलेसी दर्शन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ २२ गते । ओखलढुङ्गाको सल्लेरीका ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयले तीर्थयात्रा गराएको छ । सिद्धिचरण नगरपालिका–८ वडा कार्यालयले ८० वर्षमाथि उमेरका ५६ जना ज्येष्ठ नागरिकलाई खोटाङको हलेसी दर्शन गराउन लगेको हो । 

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०-०८१ मा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत विनियोजन गरेको एक लाख ४० हजार बजेट मार्फत ज्येष्ठ नागरिकलाई हलेसी दर्शनका लागि लगिएको वडा अध्यक्ष एकराज तामाङले बताउनुभयो । 

ज्येष्ठ नागरिकहरूको रुचि अनुसार हलेसी दर्शनका लागि लगिएको वडा अध्यक्ष तामाङको भनाई छ । साथै वडाका ५७ जना ज्येष्ठ नागरिकलाई सहयोगी टेक्ने लट्टी पनि वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।