• १२ मंसिर २०८१, बुधबार

काठमाडौँबाट इटहरी जाँदै गरेको हायस दुर्घटना

blog

मदनभण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका ७ कालीखोला नजिकै सिरुटारमा सोमवार दुर्घटनाग्रस्त भएको हायस । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, जेठ २१ गते । मदनभण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ कालीखोला नजिकै सिरुटारमा सोमबार हायस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। काठमाडौँबाट इटहरी जाँदै गरेको बा ५ ख ६२१३ नम्बरको हायस सडकमै पल्टिदा त्यसमा सवार १४ जना यात्रुहरूमध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा सुनसरी जिल्ला रामधुनी नपा २ झुम्का बस्ने वर्ष ५३ को होमनाथ ओझा, हायसका सह चालक सुनसरी जिल्ला इटहरी उमनपा १७ कान्छीचोक बस्ने वर्ष २३ को सन्तोष बुढाथोकी, सुनसरी जिल्ला रामधुनी नपा १ झुम्का बस्ने वर्ष ४० को नरेन्द्रकुमार चौधारी, मोरङ रतुवामाई नपा ५ घोपाबाद  बस्ने वर्ष ४५ को होमनाथ अधिकारी हुनुहुन्छ । 

यसैगरी सुनसरी जिल्ला इटहरी नपा ५ सिमरवाना बस्ने वर्ष ३२ को रवि पाण्डे, रामधुनी नपा४ लालपुर बस्ने वर्ष ७० को राधा कार्की, रामधुनी नपा २ झुम्का बस्ने योगेन्द्र कार्कीको छोरी वर्ष १७ की अनिसा कार्की, सोही ठाउँकी वर्ष ७० की अमृतमाया कार्की,चालक सुनसरी जिल्ला रामधुनी नपा ४ मानपुर बस्ने वर्ष ३९ को टङ्क श्रेष्ठ र धरान उमनपा ५ ठिङ्गाबारी बस्ने वर्ष २९का  डिल्ली कुमार लिम्बु घाइते हुनुभएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार थापाले बताउनुभयो । 

घाइतेहरूको उदयपुर अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धरान पठाइएको र  दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।