• ६ असार २०८१, बिहिबार

पोखरीमा डुबेर एकको मृत्यु

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, जेठ २४ गते । मोरङको कानेपोखरी –७ आइतबारेका देवीप्रसाद शिवाकोटीको सुकुना पैनीमा डुबेर मृत्यु भएको छ । 

५३ वर्षीय शिवाकोटीलाई साँझ स्थानीयले पैनीमा घोप्टो परेको देखेपछि उद्धार गरी उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाएका थिए । अस्पताल पुग्दा शिवाकोटीको मृत्यु भइसकेको थियो । 

अस्पतालका चिकित्सकलाई उदृत गर्दै  छिमेकी अरविन पौडेलले शिवाकोटीको केही समय अघि नै मृत्यु भइसकेको थियो ।  

मृतकको शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ । मादक पदार्थ पिएर हिड्ने शिवाकोटी एक्लै बस्दै आउनुभएको थियो ।