सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान
हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरुआत भएको छ । सोलुदुधकुण्ड नगरपालिका-६ थातिङमा आज अभियानको सुरुआत गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले महिनावारी अभिसाप नभई वरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउनुभयो ।
आधारभूत अस्पतालमा भिडियो एक्स-रे सेवा
खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरी आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । गाउँपालिकाले आवश्यक उपकरण खरिद गरेर ल्याएपछि आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको हो ।
इनरुवाका प्रत्येक विद्यालयमा बाल क्लब
सुनसरीको इनरुवा नगरपालिकाले सबै वडामा बाल क्लब गठन गर्ने अभियान जारी राखेको छ । इनरुवा नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको अगुवाइमा सबै वडामा बाल क्लब गठनको अभियान चलाएको हो ।
नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने तयारी
कोशी प्रदेशमा तीन अर्ब रुपियाँ भन्दा बढी लगानीमा स्थापना भएको कोशी एनके मोटर्स प्रालिले एक वर्षभित्रै विद्युतीय सवारी साधन उत्पादन गर्ने गरी कामलाई अगाडि बढाएको छ।
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्रीमा दाबी परेपछि हस्ताक्षर सनाखत हुँदै
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले समर्थनमा हस्ताक्षर गर्नुभएका सांसदहरुको सनाखत गराउन थालेको छ ।
बाँसको पुल विस्थापित गर्दै झोलुङ्गे पुल
सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा रहेको थलाहा खोला तर्नका लागि बाँसको पुलमा जोखिम यात्रा गर्नेहरुको मागलाई सम्बोधन गर्न झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
नगरप्रमुख भण्डारीद्वारा इनरुवा ४ र ८ को विकास योजनाको अनुगमन
सुनसरीको इनरुवा नगरपालिकाले तीन दिनदेखि जारी गरेको विकास योजनाको अनुगमन कार्य बिहीबार पनि जारी राखेको छ । नगरप्रमुख केदार भण्डारी नेतृत्वको अनुगमन टोलीले इनरुवा नगरपालिका–४ र ८ को विभिन्न योजनाहरुको अनुगमन गरेको हो ।
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेस भएको छ ।
‘लम्पी स्किन’ पीडित किसानलाई राहत रकम प्रदान
गएको वर्ष पशुहरूमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट क्षति व्यहोरेका इलामको सूर्योदय नगरपालिकाका किसानहरूलाई नगरपालिकाले राहत रकम उपलब्ध गराएको छ ।
चोरले एक तोला सुन निलेपछि.......
फिदिम नगरपालिका २ की विष्णुमाया तामाङको घरमा गत बुधवार राती चोर पस्यो । दराज खोलेर नगद र सुन चोरिरहेको थाहा पाएपछि तामाङले हार गुहार गर्नुभयो ।
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ ।
नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । बुधबार राति ढिलागरी प्रदेश प्रमुखको कार्यालयबाट सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न सूचना जारी गर्नुभएको हो ।
कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग
कोशी प्रदेश सभाका दुई ठुला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व सङ्कलन
मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
विपन्नलाई खाद्यान्न र जेहेन्दारलाई छात्रवृत्ति
विपन्न परिवारलाई धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाले खाद्यान्न सहयोग गरेको छ भने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
झापामा दुर्घटना रोक्न समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रम
दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेष गरी पूर्व-पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सचेतना शिक्षा सुरु गरेको हो ।
ट्याक्टर दुर्घटनामा बालकको मृत्यु, आठ घाइते
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय किरण तामाङका नौ वर्षीय छोरा मानस तामाङको मृत्यु भएको हो।
कमलपोखरीलाई पर्यटकीय क्षेत्र बनाइने
सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेला अवादी मधेशामा रहेको कमलपोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।
सुनसरीबाट एक क्विन्टल गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ ।
चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदै छ ।
लुटपाटपछि महिलाको हत्या
झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एक एकल महिलाको बीभत्स हत्या पछि लुटपाट गरेको छ ।
खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो ।
अध्ययन पूरा भएका आयोजना मात्र समावेश गर्न आग्रह
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको प्रव्रिmया अगाडि बढाएको छ । बजेट तर्जुमा गर्ने व्रmममा आर्थिक मामिला तथा योजना मन्त्रालयले २८ अर्ब ५० करोड रुपियाँ बराबरको बजेट सिलिङ विषयगत मन्त्रालयमा पठाएर योजना माग गरेको छ ।