• २ साउन २०८१, बुधबार

छ वर्षीय बालकको हत्या

blog

बाबुराम कार्की 

वराहक्षेत्र, साउन २ गते । वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ विस्थापित टोलमा ६ वर्षीय एक बालकको हत्या भएको छ । मङ्गलबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मङ्गलवार दिउँसो बालकलाई टाउकोमा हिर्काएर फरार रहेका एक जना पुरुषलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटना स्थल नजिकै रहेको बाङ्गेबजारबाट पक्राउ गरेको छ । आफन्त पर्ने ४५ वर्षीय वीरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।