• ४ साउन २०८१, शुक्रबार

धनकुटामा बस र ट्रयाङ्कर एकआपसमा ठोक्किँदा १२ घाइते

blog

जिल्ला अस्पताल धनकुटामा घाइतेको उपचार हुँदै । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले, साउन ४ गते ।
धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र दुध बोक्ने ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन् । सुनसरीको धरानबाट सङ्खुवासभाको आँखिभुइँ जाँदै गरेको बा २ ख ७२४७ नम्बरको बस र धनकुटाको हिलेबाट दुध बोकेर धरानतर्फ जाँदै गरेको को १ च १५३१ नम्बरको दुध बोक्ने ट्याङ्कर एकआपसमा ठोक्किँदा बसमा सवार १२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका १४ वर्षीया सङ्गीता पौडेल, धर्मदेवी ८ का ६६ वर्षीया मनमाया बसेल, २० वर्षीय मनोज कार्की र धर्मदेवी ९ का ६० वर्षीय काजीबहादुर कार्की, धर्मदेवी ६ का ३१ वर्षीया मेनुका पौडेल र मोरङको बेलबारी २ का ७० वर्षीय मानबहादुर विक घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

यस्तै, धर्मदेवी ६ का ५४ वर्षीय विष्णु श्रेष्ठ, धर्मदेवी ९ का ३८ वर्षीया देवी परियार, धर्मदेवी ६ का ३२ वर्षीया निराजन बस्नेत, सुनसरीको इटहरीका ६५ वर्षीया दुर्गा कार्की, धनकुटा ६ को छथर जोरपाटी गाउँपालिका १ का ९ वर्षीया आरोही विक र तेह्रथुमको लालिगुराँस नगरपालिका ८ का ३७ वर्षीया कल्पना विक रहेको धनकुटा प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

घाइते सबैको टाउकोमा चोट लागेको छ । दुर्घटनामा घाइते भएका सबैको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको धनकुटा अस्पतालमा उपचार भइरहे पनि थप समस्या देखिए धरान पठाइने प्रहरीको भनाइ छ ।