• ३ साउन २०८१, बिहिबार

कौशिकी आरती सुरु

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, साउन ३ गते  ।  चतराधाममा कौशिकी आरती सुरु गरिएको छ । साउन प्रारम्भसँगै चतराधामको दुर्वासाघाट क्षेत्रको कोशी किनारमा कौशिकी आरती सुरु गरिएको हो ।  वराहक्षेत्र नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वराहक्षेत्र नगरपालिकाले जगत्गुरु पीठ चतराधामको सहयोगमा कौशिकी आरती सुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वराहक्षेत्रमा धार्मिक पर्यटनको विकास र यस क्षेत्रको महìव बढाउन सन्ध्याकालीन कौशिकी आरती सुरु गर्ने पालिकाले नीति तथा कार्यव्रmममै समावेश गरेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । 

साउन १ गतेदेखि सुरु भएको सन्ध्याकालीन आरती महिनाको हप्तामा दुई पटक शनिबार र आइतबार गरिने जनाइएको छ । भदौ लागेपछि भने कार्यतालिका परिमार्जन गरिने पालिकाले जनाएको छ । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको उपस्थितिमा सन्ध्याकालीन कौशिकी आरती सुरु गरिएको थियो । 

धार्मिक पर्यटक वराहक्षेत्र मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, सिसमहल र औलिया मठको दर्शनपछि साँझमा कौशिकी आरतीमा सहभागी हुन पाऊन् भनेर आरतीलाई निन्तरता दिन सुरु गरेको नगर प्रमुख कार्कीले बताउनुभयो । 

तत्कालीन मन्त्री रामकुमार सुब्बाले कौशिकी नदीमा महाआरतीको उद्घाटन गरे पनि निरन्तता पाउन नसक्दा बिचमा रोकिएको थियो । सङ्गीतमय कौशिकी आरतीमा श्रद्धालुले सहभागिता जनाउने र धार्मिक पर्यटनले नगर क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

सात वटा कोशी मिलेर बनेको सप्तकौशिकी नदी किनारमा बनाइएको सिँढी चौतालको खुला ठाउँमा तीन जना गुरुले दैनिक साँझ महाआरती गरिने जनाइएको छ ।