श्रीमानले श्रीमतीको हत्या गरेको आशङ्का
मोरङको सुन्दरहरैँचा–५ गोर्खाली टोलका पदम तामाङले श्रीमतीको हत्या गरेको आशङ्का गरिएको छ । बुधबार राति १ बजेतिर ४५ वर्षीया श्रीमती मनमाया तामाङको हत्या गरी पदम फरार भएका हुन् ।
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ ।
'गर्मीमा बालबालिकाको विशेष हेरचाह आवश्यक'
झापा सहित पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा विभिन्न प्रकारका रोगको देखिएको छ ।
झापामा हात्तीपाइले रोगको जोखिम कायमै
झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम चलिरहँदा हात्तीपाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला पर्न थालेका छन् । यसले अझै पनि झापा हात्ती पाइले रोगको सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।
जीवनको क्यानभासमा दाम्चा र नल टाँस्दै रामकुमार
आधा शरीर नचलेर ओछ्यान परेका ४१ वर्षीय रामकुमार तिवारीको समय केराका दाम्चा र छ्वालीका नल टुक्रा पार्ने कार्यमै बित्ने गरेको छ । दिग्दारीलाग्दो समयलाई दाम्चा, नल, गम र कागजसँगै खेलेर तिवारीले सिर्जनशील कार्य गर्दै आउनुभएको छ । चित्रले माग गरेको आकारप्रकारका दाम्चा र छ्वालीका टुक्रालाई गमको सहायताले कागजमा टाँसेर तिवारीले सुन्दर कला तयार पार्दै आउनुभएको छ ।
पाँचथर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
पाँचथर क्लबले गत फागुन १३ देखि १९ गतेसम्म फिदिममा सम्पन्न गरेको चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ।
पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग भएको बताउनुभएको छ ।
कैदीबन्दीलाई लागूऔषधसम्बन्धी प्रशिक्षण
ताप्लेजुङ कारागारमा रहेका कैदी बन्दी (थुनुवा) लाई लागूऔषधसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कारागारमा रहेका कैदी तथा थुनुवालाई लागूऔषधसम्बन्धी प्रशिक्षण दिएको हो।
एमाले ताप्लेजुङको अधिवेशनको तयारी तीव्र
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशनको तयारी तीव्र छ । जिल्ला अधिवेशनको मिति नजिकिएसँगै एमाले जिल्ला कमिटीले तयारी तीव्र पारेको हो ।
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहनुभएको थियो । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्नुहुन्थ्यो ।
दुर्घटनामा प्रहरीको निधन
सुनसरीको इनरुवामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट प्रहरीको निधन भएको छ।
सर्पले डसेर महिला घाइते
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ । सिदिङ्वा गाउँपालिका –३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई सर्पले डसेर घाइते हुनुभएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस : कामको प्रतीक्षामा बित्छ श्रमिकको दिन
विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वाभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो, विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वाभाविक हुन्छ नै ।
उपनिर्वाचन : कांग्रेस उम्मेदवार छनोटमा कमजोर
उपनिर्वाचनमा उम्मेदवारी छनोटमा कमजोर भएको नेपाली कांग्रेसको बुझाइ छ । उपनिर्वाचनमा ढिला गरी उम्मेदवार टुङ्ग्याएको कांग्रेसले इलाम–२ मा सोचेजस्तो मतपरिणाम आफ्नो पक्षमा पार्न नसकेको कांग्रेसको भनाइ छ ।
भ्यान दुर्घटना हुँदा एकको मृत्यु
मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान झापाबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भई राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
भीरबाट लडेर मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक जनाको मृत्यु भएको छ। सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको हो।
देश बनाउने शक्ति एमालेसँग छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताउनुभएको छ ।
विद्यार्थीलाई ट्रेकसुट र शैक्षिक सामग्री वितरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रेकसुट र शैक्षिक सामग्री वितरण गरिएको छ।
रुखबाट लडेर एक जनाको मृत्यु
पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ का खड्गबहादुर चेम्जोङको रुखबाट लडेर मृत्यु भएको छ।
जनताको शिर नझुक्ने काम गर्छु : सुहाङ
इलाम-२ को उप-निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई मंगलबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो।
वन डढेलो र आगलागीका घटना बढ्दै
सुख्खा मौसम सुरु भएसँगै वन जङ्गलमा आगलागीका घटना बढ्दै गएको छ । करिब एक सातादेखि जिल्लाका चार स्थानमा लागेको आगो निरन्तर फैलिरहेको छ ।
विजयाेत्सव मनाउन अध्यक्ष ओली इलाम आउनुहुँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम आउँदै हुनुहुन्छ ।
दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न
दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न भएको छ । गत वैशाख ५ गतेबाट जिल्ला सदरमुकाममा सञ्चालन भएको दोश्रो ओखलढुङ्गा महोत्सव–२०८१ सम्पन्न भएको हो ।