• १२ साउन २०८१, शनिबार

धनकुटा अदालतमा ७५ प्रतिशत मुद्दा फर्छ्याेट

blog

जिल्ला अदालत परीसर धनकुटा । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले, असार २५ गते ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्ला अदालत धनकुटाले पाँच सय पाँच थान मुद्दा फर्छ्याेट गरेको छ । अदालतले सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर चालु आर्थिक वर्षमा कुल ६ सय ६६ थान मुद्दामध्ये पाँच सय पाँच थान फर्छ्याेट गरेको जनाएको हो ।

अदालतमा देवानी चार सय ७४, सरकारवादी फौजदारी एक सय ३१ र दुनियावादी फौजदारी ५७ गरी ६ सय ६६ मुद्दा दर्ता भएका थिए । जसमा जिम्मेवारी सरेको एक सय ९९ मुद्दा रहेको अदालतले जनाएको छ ।

अदालतमा दर्ता भएका मध्ये देवानी तीन सय ७६, सरकारवादी फौजदारी ९१ र दुनियावादी फौजदारी ३४ मुद्दा फर्छ्याेट भएका छन् । यस्तै, अदालतमा दर्ता भएकामध्ये देवानी ९८, सरकारवादी फौजदारी ४० र दुनियावादी फौजदारी २३ थान मुद्दा बाँकी  छन् ।

यस्तै अदातलमा १८ महिना नाघेको मुद्दा नभएको अदालतका न्यायाधीश नारायण प्रसाद पराजुलीले जानकारी दिनुभयो । अदालतले आर्थिक वर्ष २०८०/८१ मा ७५ दशमलव ८३ प्रतिशत मुद्दा फर्छ्याेट गरेको पराजुलको भनाइ छ । गत वर्षको तुलनामा धनकुटा जिल्ला अदालतमा मुद्दाको सङ्ख्या बढेको पनि न्यायाधीश पराजुलीले जानकारी दिनुभयो ।