• १२ साउन २०८१, शनिबार

उदयपुरमा पहिरोले पुरिएर घाइते भएका एक जनाको मृत्यु

blog

पहिरोमा परेकाको उद्धारमा सक्रिय सशस्त्र प्रहरी र स्थानीय ।

उदयपुर, असार २५ गते। उदपुरको त्रियुगा नगरपालिका–१५ स्थित रानिवासमा पहिरोमा पुरिएका दुईमध्ये एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान चार वटा घर पहिरोले पुरिँदा घाइते भएका ४० वर्षीया हिरामाया मगर र ८ वर्षीया रुपकला मगरलाई उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी खाबुँमा लगिएको थियो। उपचारको क्रममा रुपकलाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।

पहिरोमा परेकालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो।पहिरोका कारण जोखिमयुक्त रहेका १० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका–१० गाइघाटस्थित साउनेमा अवरुद्ध भएको सडक मंगलबार सञ्चालनमा आएको छ।सशस्त्र प्रहरी गण उदयपुरबाट खटिएको सुरक्षा फौजले पहिरोले अवरुद्ध सडक खुलाएको हो।