• १२ साउन २०८१, शनिबार

झगडा मिलाउन जाँदा वडाध्यक्ष घाइते

blog

घाइते अवस्थामा उपचारत् वडाध्यक्ष आलम ।

लीलाराज खड्का 

बिर्तामोड, असार २६ गते । झापाका कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम स्थानीयको झगडा मिलाउने क्रममा घाइते हुनुभएको छ ।

गाउँमा विवाद मिलाउनेक्रममा कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष आलम र छिमेकी रैमु मियाको परिवारबिच झगडा परेको थियो । दुई परिवारबिचको कुटाकुटमा वडाध्यक्ष आलम र उहाँका श्रीमतीसहित पाँचजना घाइते भएका छन्  ।

वडाध्यक्ष नुर आलम र छिमेकी मियाको परिवारबिच कुटाकुट हुँदा दुवै तर्फका पाँचजना घाइते भएका हुन् । कचनकवल ५ नयाँहाट बस्तीमा वडा अध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उहाँका श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले जेठो छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७–८ बर्षदेखि घरेलु हिंसा गर्दैआएको भन्दै उजुरी गरेको बताइएको छ । 

टाउकोमा चोट लागेका घाइते वडा अध्यक्ष र उहाँका श्रीमतीको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  ।