• १२ साउन २०८१, शनिबार

दशगजा क्षेत्रमा डुबेर भारतीय नागरिकको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, असार २६ गते । नेपाल–भारत सिमास्थित दशगजा क्षेत्रमा रहेको  गौरीगञ्ज गाउँपालिका –४ गेउरिया नदीमा डुबेर एकजना भारतीयको मृत्यु भएको छ ।

दशगजादेखि करिव १५० मिटर पारीपट्टि भारतको किसनगञ्ज जिल्लाको खनियावादमा रहेको गेउरिया खोलामा डुबेको अबस्थामा एक व्यक्तिको शव बुधवार  दिउँसो ३ बजे फेला परेको हो ।

उक्त शव भारत किसनगञ्ज जिल्ला अररिया निवासी ५५ वर्षीय झरिया ऋषिदेवको भएको प्रहरीले जनाएको छ । गत आइतवार छोरीको घर आउँदा गेउरिया खोला तर्नेक्रममा उनी बेपता भएका थिए । 

नेपाल–भारत सीमा भएर बग्ने गेउरिया खोला तर्दा उनी भारतपट्टि नै बेपत्ता भएकाले सीमापारी नै शव फेला परेको प्रहरीले जनाएको छ ।