खुम्बु क्षेत्रका हिमताल फुटेको अनुमान : दुधकोशी तटीय क्षेत्रमा जोखिम
खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ । हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरू बगाएको हो । यसबाट दुधकोशी तटीय क्षेत्रमा जोखिम बढेको छ ।
सोलुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ । त्यहाँको थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।
पहिरोले दुई परिवार विस्थापित
अविरल वर्षाका कारण खोटाङमा पहिरोले दुई परिवार विस्थापित भएका छन् । घरभन्दा तलबाट पहिरो गएपछि केपिलासगढी गाउँपालिका–७ सुंदेलका शारदा राई र बिर्तमान राईको परिवार विस्थापित भएका हुन् ।
पहिरोले प्राङवुङ र मेमेङ सडक अवरुद्ध
निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँचथरको फालेलुङ गाउँपालिका–३ र ५ जोड्ने सडक अवरुद्ध भएको छ ।
मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ
चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् ।
पहिरोमा पुरिएर शिक्षिकाको मृत्यु पछि शोक बिदा
पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
एकातिर योजना, अर्कातिर बजेट
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका आधारका रूपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेट मिल्न नसकेको बताउनुभएको छ । मुख्यमन्त्री
दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित लागूपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ ।
तरकारी खेतीले रोक्यो बसाइँसराइ
धनकुटाका धेरै गाउँबस्ती युवाविहीन हुँदा जिल्लाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् भने साँझबिहान घरको काम गरिरहेको भेटिन्छन् । गाउँमा भर अभर पर्दा सँगै हुन्छन् । फलैँचा र सो आसपासका क्षेत्रबाट न त कोही वैदेशिक रोजगारीमा गएका छन् न त कसैले बढी सुखसुविधाको खोजीमा बसाइँ सरेका छन् । यहाँका युवा गाउँमा हुने तरकारी खेतीमा नै मस्त छन् । उनीहरूमा विदेशको मोह खासै देखिँदैन ।
इलामको पाथीभरामा एक करोड ६६ लाख सङ्कलन
इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख रुपियाँ भेटी संकलन भएको छ।
पहिरोले दश लाख क्षति
प्रहरीले दिएको जानकारी अनुसार राईको करिब १० लाख बराबरको क्षति भएको छ ।
पशुपतिनगरलाई वैध नाका बनाउन माग
नेपाल–भारत सिमामा रहेको इलामको पशुपतिनगरस्थित नाकालाई वैध नाकाको रुपमा मान्यता दिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् ।
पहिरोले पुरिएर शिक्षिकाको मृत्यु
विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो ।
पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध
वर्षात्ले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो ।
वराहक्षेत्रमा सफाइ अभियान सुरु
सुनसरीको वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र सफाइ अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ ।
निहुरोकै भरमा धानिन्छ परिवार
न खनजोत गर्नुपर्ने, न त मल, जल र बल नै चाहिने । रोप्नु पनि नपर्ने, गोडमेल पनि नचाहिने । जङ्गल पसेर टिप्ने, सडक छेउमा बसेर बेच्ने गरेर धेरैको परिबार धानिँदै आएको छ । निहुरोको व्यापारबाट मध्यमोरङको पूर्वपश्चिम राजमार्ग आसपासका सयौँ परिवारले घरखर्च मात्र चलाएका छैनन् । उपचार खर्च र छोराछोरी पढाउने खर्च पनि जोहो गर्दै आएका छन् ।
निरन्तर सरसफाइ अभियान
वराहक्षेत्र नगरपालिकालाई सुन्दर, सफा नगर बनाउने योजनासहित सुरु गरिएको सरसफाइ अभियानले यो वर्ष पनि निरन्तरता पाएको छ । नगर क्षेत्रको सार्वजनिक स्थलमा नगरप्रमुख रमेश कार्कीको अगुवाइमा हुँदै आएको सरसफाइ अभियानले दुई वर्षदेखि निरन्तरता पाउँदै आएको छ । प्रत्येक शनिबार नगरका सार्वजानिक स्थलमा सरसफाइ गरिँदै आएको थियो । पछिल्लो समय आवश्यकता अनुसार शनिबारबाहेक अरू दिन पनि सरसफाइ गरिँदै आएको नगरपालिकाले जनाएको छ ।
कञ्चनजङ्घा पदमार्ग अवरुद्ध
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सा खोलामा रहेको झोलुङ्गे पुलमा पहिरोले क्षति पु¥याउँदा कञ्चनजङ्घा पदमार्ग अवरुद्ध बनेको छ । फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको घुन्सा खोलास्थित लामाटारमा रहेको झोलुङ्गे पुल माथिदेखि झरेको पहिरोले पूर्ण रूपमा क्षति गर्दा पदमार्ग अवरुद्ध भएको हो ।
सर्पले डसेर छ वर्षीय बालिकाको मृत्यु
मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ गोमन सर्पको डसाइबाट स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो ।
भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित
जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।
कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण
कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् ।
ओखलढुङ्गामा ७९ करोड विकास बजेट 'फ्रिज'
ओखलढुङ्गाबाट ७९ करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लाको विकास निर्माणका लागि विनियोजन भएर आएको तर समयमा काम नभएका कारण खर्च हुन नसकेको ७९ करोड रकम सङ्घीय सरकारको खातामै फिर्ता भएको अर्थात् फ्रिज भएको हो ।
माछा मार्न गएका युवकको मृत्यु
झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । झापा हल्दीवारी गाउँपालिका –४, लक्ष्मीचोक निवासी ३० बर्षीय नरेश मोक्तानको घरछेउमा जमेको खाडलमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रममा मंगलबार बेलुकी ५ बजे उहाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
साढे चवालिस हजारले गरे हलेसीको दर्शन
प्रसिद्ध धार्मिक स्थल हलेसीमा साउनमा साढे ४४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । साउन १ देखि २८ गतेसम्ममा ४४ हजार ६७६ जनाले हलेसीको दर्शन गरेका हुन् ।