पारिवारिक निजी वन सङ्घको अध्यक्षमा भट्टराई
पारिवारिक निजी वन सङ्घको अध्यक्षमा गोपाल भट्टराई चयन हुनुभएको छ । सङ्घको दोस्रो अधिवेशनबाट उहाँ अध्यक्षतामा चयन हुनुभएको हो ।
दक्षिणी मोरङमा विद्युत अवरुद्ध
बिहीबार साँझ दक्षिणी मोरङमा आएको हावाहुरीले रङ्गेली वितरण केन्द्रको ३३ केभी प्रसारण लाइनको विराटनगर–रानी–रङ्गेली फिडरतअन्तर्गत रङ्गेली सबस्टेसनमा आउने मुख्य लाइनको टावर र पोलमा पूर्णरुपमा क्षति पुर्याएको छ ।
बेलबारीमा बाल कला महोत्सव
विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् ।
शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन
ताप्लेजुङका वरिष्ठ साहित्यकार स्वर्गीय जगमोहन शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। शाक्यको ९२ औँ जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको हो।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
सत्ता समीकरणकै आधारमा मधेसमा सरकार बन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा केन्द्रीय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताउनुभएको छ । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणमै छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)वर्तमान सत्तासमिकरणमै रहेको बताउनुभएको छ ।
रोजगार बैंकको अवधारणा कार्यान्वयनमा आउँछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
गर्मी बढेसँगै जनजीवन कष्टकर
तराईमा केही दिनदेखि अत्यधिक गर्मी बढ्न थालेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । सात दिनदेखि बढेको गर्मी तथा तापव्रmमका कारण सुनसरीसहित तराईका जिल्लाहरूको जीवन कष्टकर बनेको छ । जेठको दोस्रो हप्तादेखि तराईमा तापव्रmम बढ्दै गएपछि सुनसरी जिल्लाको प्रमुख सहरमा चहलपहल घटेको छ । तापव्रmम बढेर दिउँसो घरबाहिर निस्कनसमेत समस्या हुने गरेको वराहक्षेत्र–१० का श्याम कटुवालले बताउनुभयो ।
विराटनगरमा श्रमाधान रोजगार मेला
सरकारले बिहीबारदेखि कोशी प्रदेशको विराटनगरबाट श्रमाधान रोजगार मेला सुरु गर्दै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलको आयोजनामा सातै प्रदेशमा सुरु हुने सो मेला यही १७ गते बिहीबार कोशी प्रदेशको विराटनगरबाट सुरु भई ३० गते बुधबार बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने जनाइएको छ ।
उदयपुरमा ५० शय्याको सुविधा सम्पन्न गाईघाट सिटी अस्पताल सञ्चालन
उदयपुरको सदरमुकाम गाईघाटमा अत्याधुनिक सुविधासहितको उपचार सेवा प्रवाह गर्नेगरी ५० शय्याको नयाँ अस्पताल सञ्चालनमा आएको छ ।
एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई
सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ-हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् ।
कोशीमा जङ्गली हात्तीको आतङ्क
सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किने जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् ।
हावाहुरीका कारण भेनियर उद्योगमा करोडभन्दा बढीको क्षति
झापामा मङ्गलबार राती आएको हावाहुरीका कारण करोडभन्दा बढीको क्षति पुगेको छ । राती चट्याङसहित आएको हावाहुरीले जिल्लाका विभिन्न ठाँउहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बेरुजु शून्य बनाउँदै सूर्योदय
इलामको सूर्योदय नगरपालिकाले इलामका १० पालिकामध्ये सबै हिसाबले अग्र स्थानमा रहेको छ । नीति, नियम र निर्देशिका अनुसार दिगो लक्ष्य निर्धारण गरेर अगाडि बढिरहेको सूर्योदय नगरपालिका आर्थिक पारदर्शिताका हिसाबले समेत अगाडि नै रहेको छ ।
डुबेर एकको मृत्यु
झापाको मेचीनगर नगरपालिका ३ निन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ३ बडाखाल बस्ने ४० बर्षीय धनराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
'पूर्वेली सङ्गठन सुदृढीकरण अभियान’अन्तर्गत जिल्लास्तरीय प्रशिक्षण आयोजना
ताप्लेजुङमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध युवा र विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको छ ।
आङ खस्ने समस्या लुकाउँदा उपचारमा ढिलाइ
कचनाकबल गाउँपालिका-३ की ४६ वर्षीया मनसरी राजवंशी चिकित्सकले चुराजस्तो वस्तु पाठेघरमा राखिदिएपछि आङ खस्ने समस्याबाट मुक्त हुनुभएको छ । अहिले उहाँ सहजरुपमा आफ्नो दैनिकीमा फर्कनुभएको छ ।
मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम
सुनसरीको देवानगञ्ज गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । जजन्युज मिडिया प्रालिको आयोजना तथा प्राविधिक सहयोगमा सञ्चालित तालिम सोमबार सम्पन्न भएको हो ।
गणतन्त्र दिवसमा वृक्षारोपण
सुनसरीको विभिन्न स्थानीय तहमा १६ औँ गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाम इनरुवामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
व्यावसायिक अदुवाखेतीप्रति किसान आकर्षित
शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तिलक राईले यस वर्ष अदुवाखेतीबाट परस्त आम्दानी भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष उहाँले अधिक आम्दानी गर्नुभएको हो । चालिस वर्षदेखि उहाँ अदुवाखेती गर्दै आउनुभएको छ ।
इलामका पालिकामध्ये सूर्योदयको बेरुजु कम
इलामको सूर्योदय नगरपालिकाले इलामका १० पालिकामध्ये सबै हिसाबले अग्रस्थानमा रहेको छ । नीति नियम र निर्देशिका अनुसार दिगो लक्ष्य निर्धारण गरेर अगाडि बढी रहेको सूर्योदय नगरपालिका आर्थिक पारदर्शीताका हिसाबले समेत अगाडि नै रहेको छ ।
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
कोशी प्रदेश सरकार मूल समारोह समितिद्वारा १७औँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज यहाँ प्रभातफेरी, कोणसभा र सरसफाइ गरिएको छ ।
गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो
झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ । तीन महिनाकी गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले झापाका लागि ३० हजार नौ सय २० किलो पौष्टिक पिठो उपलब्ध गराएको हो ।