खोला किनारमा अवैध उत्खनन्
सुनसरीको भोक्राहा नरसिंह र हरिनगर गाउँपालिका तथा इनरुवा नगरपालिकामा अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।
असारभित्र नगर अस्पताल सञ्चालन हुने
शिवसताक्षी नगरपालिकामा चालु आर्थिक वर्षभित्र नगर अस्पताल सञ्चालन हुने भएको छ । सुविधा सम्पन्न भवन निर्माण भएसँगै १५ श्ययाको नगर अस्पताल चालु आवभित्रै सञ्चालनको तयारी गरिएको हो ।
भद्रपुरसहित चार पालिकामा हात्तीपाइलेको औषधी वितरण असफल
हात्तीपाइलेविरुद्धको राष्ट्रिय आम औषधी सेवन अभियानको म्याद १० दिन थप्दासमेत झापाका भद्रपुर नगरपालिकासहित चार पालिकामा भने अभियान असफल भएको छ ।
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ ।
एमाले शिवसताक्षीको अध्यक्षमा दंगाल निर्वाचित
झापा शिवसताक्षी नगरपालिकाको नेकपा (एमाले)को दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित हुनुभएको छ ।
दुर्घटनामा एकको मृत्यु , एक घाइते
मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
किमाथाङ्कासहित चीनसँग जोडिएका नाकाहरु आजदेखि पुनः सञ्चालन
नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् ।
प्रजातन्त्र सेनानीको ऐतिहासिक घर जीर्ण
पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा सेल्टरका रूपमा प्रयोग गरिएको घर जीर्ण बन्दै गएको छ । यो घर पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापमा छ । यस घरमा पञ्चायतविरुद्ध आन्दोलनका योद्वाहरू भुविक्रम, डिल्लीविक्रम नेम्वाङ र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाका पिता खड्कविव्रmम नेम्वाङ (डबल सुब्बा) ले २००९ देखि २०१४ साल (पाँच वर्ष ) लगाएर निर्माण गर्नुभएको थियो ।
पाथीभरा क्षेत्रको वनमा लौठ सल्ला रोपियो
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको वनमा लौठ सल्लाको विरुवा रोपिएको छ। पाथीभरा क्षेत्रको काफ्लेपाटी नजिक सातमुले वनमा शुक्रबार लौठ सल्लाको बिरुवा रोपिएको हो।
टिपताला नाका पाँच वर्षपछि खुल्यो
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको छ। कोरोना भाइरस (कोभिड-१९) महामारीसँगै बन्द भएको टिपताला नाका शुक्रबारदेखि खुलेको हो।
मिक्लाजुङमा ५३ फिट अग्लो बुद्धको मूर्ति
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा तीन करोड लगानीमा ५३ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ ।
चुहानडाँडा क्याम्पसमा योग शिविर
तेह्रथुमको चुहानडाँडा क्याम्पसमा तीनदिने निःशुल्क योग शिविर सम्पन्न भएको छ। पाँचथर स्थित महिला पतञ्जली योग समिति, युवा नेपाल समितिको आयोजनामा तीनदिने निःशुल्क योग शिविर शुक्रबार सम्पन्न भएको हो।
व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित
टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गर्नुभएको चियाखेतीलाई अगाडि बढाउनुभएका उहाँको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।
शिक्षा क्षेत्र सुधार गर्न अनुगमन: अध्यक्ष अन्सारी
सामुदायिक विद्यालय सुधार अभियानका लागि अनुगमनलाई निरन्तर र प्रभावकारी बनाउन सुरु गरिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनु भएको छ ।
राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई
दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित रु एक लाख ११ हजार एकसय ११ राशिसहित उपाधि जितेको हो ।
औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु
प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं खाना महोत्सव–२०८१ धनकुटामा उद्घाटन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा मेला आयोजना गरेको हो ।
सडेको अवस्थामा बेवारिसे शव फेला
ओखलढुङ्गामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ ।
पौडी खेल्न गएका दुई बालकको मृत्यु
विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ८/९ वर्षीय किस्मन आङदेम्वेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
विकास अभियानका काम समयमै सम्पन्न गर्न अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको सुन्दरहरैँचा नगरपालिका अन्तर्गत चन्द्रनगर–पूर्वाञ्चल विश्वविद्यालय हुँदै गोठगाउँ-महेश्वर सुब्बा मार्ग लाटिझोडा सडकखण्डको बिहीबार शिलान्यास गर्नुभएको छ।
तमोरमेवा जलविद्युत आयोजनाको शिलान्यास
ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। बहु प्रतीक्षित तथा चर्चित आयोजनाका रूपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको बिहीबार शिलान्यास गरिएको हो।
दश हजार बालबालिकालाई 'आइपिभी' खोप
सरकारले सञ्चालन गर्न लागेको पोलियो रोग विरुद्धको आइपिभी खोप इलाममा यसपटक दश हजार ८८० बालबालिकालाई दिइने भएको छ । आगामी जेठ १४ गतेदेखि जेठ २१ गते सम्म खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
तमोर कोरिडोर सडक
सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर सडक । यो सडक बनेपछि ताप्लेजुङदेखि तराई झर्ने दूरी र समय सात घण्टा छोटिएको छ ।
जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्न अध्यक्ष ओलीको निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।