कतार च्यारिटीद्वारा अग्निपीडितलाई खाद्यान्न
सुनसरीको अग्नीपीडितहरुलाई राहत स्वरूप कतार च्यारिटीले खाद्यान्न सामग्री वितरण गरेको छ ।
विद्यार्थीलाई बुद्धिचाल सिकाइँदै
इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीको चौतर्फी विकासका लागि अहिले विद्यालयमै पुगेर बुद्धिचाल (चेस) खेल्न सिकाउन थालेको छ । विद्यार्थीलाई लक्षित गरी ‘१२ महिना १२ कार्यव्रmम’ नाराका साथ नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
टिपताला पुग्यो सडक, खुलेन नाका
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपतालासम्म सडक सञ्जाल जोडिएसँगै भर्खरै नेपाली गाडी (सवारी साधन) पुगेको छ । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पहिलो पटक अघिल्लो साताको शुक्रवार टिपतालासम्म नेपाली सवारी साधन पुगेको हो ।
इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने
विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्दै गएको चियाका लागि इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव २०८१ आयोजना गरिने भएको छ ।
एमाले सुनसरी अध्यक्षमा खनाल
नेकपा (एमाले) सुनसरीको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निलम खनाल निर्वाचित हुनु भएको छ । अधिवेशनमा खनालकोे प्यानलै विजयी भएको हो ।
अब सेल्फी खिच्न विदेश जानु पर्दैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब राम्रा र फराकिला सडक तथा आकर्षक पुल नेपालमा नै बन्न थालेकाले सेल्फी खिच्नका लागि विदेश गइरहनु नपर्ने बताउनुभएको छ।
एक दशकमा बन्यो स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन
स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ । विसं २०७१ देखि सुरु गरिएको भवन निर्माण पटक-पटक म्याद थप गर्दै गत वैशाखमा सम्पन्न भएको हो ।
सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।
खोटाङमा पोलियोविरुद्धको आइपिभी खोप अभियान
खोटाङमा जेठ १३ गतेदेखि पोलियोविरुद्धको आइपिभी खोप अभियान सञ्चालन गरिने भएको छ ।
महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुने
साकेला उभौलीको अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुने भएको छ ।
राजीनामा स्वीकृत भएपछि पनि प्रअको जिम्मेवारी तोकियो
झापाको कमल गाउँपालिका वडा नं. ६ मा रहेको श्री वाणी माध्यमिक विद्यालयको प्रधानाध्यापक सम्बन्धीको विवादमा गाउँपालिकाले हस्तक्षेपकारी भूमिका खेल्दै व्यवस्थापन समितिलाई राजीनामा दिएका प्रधानाध्यापकलाई नै फेरी निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेको छ ।
राजनीति र प्रशासनबिच टकराबले विकास प्रभावित
राजनीति र प्रशासनलाई एकअर्काका परिपूरक भन्ने गरिन्छ । दुवैको लक्ष्य राष्ट्रिय हितको अभिवृद्धि र नागरिकलाई सुखी राख्नु हो । त्यस अर्थमा पनि एकअर्काको समन्वय र सहकार्य अनिवार्य हुन्छ तर धरानमा भने राजनीति र प्रशासनको अन्तरसम्बन्ध त्यति सहज बन्न सकिरहेको छैन ।
पाँच वर्षपछि किमाथाङ्का नाका खुल्दै
उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ ।
जहाँ ढुङ्गा पनि पुजिन्छन्...
मन्दिर वा देवी देवताका थानहरूमा विशेष आकारका ढुङ्गा वा ढुङ्गाबाट कुदिएका मूर्तिहरूको पूजा गर्ने चलन छ । भगवान्, देवी देवता र कुल देवताहरूमा आस्था राख्नेहरूले श्रद्धाभावले ढुङ्गालाई मुर्तिस्वरुप पुज्ने गरेका छन् ।
पर्यटन प्रवर्द्धन गर्न महोत्सव
कञ्चनजङ्घाको जिल्ला भनेर चिनिँदै आएको ताप्लेजुङको पर्यटन प्रवर्द्धन तथा विकास गर्न महोत्सव आयोजना गरिएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन तथा विकास गर्ने मुख्य उद्देश्यले पाँचदिने ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ आयोजना गरिएको हो ।
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”
लोकसेवा सदन गौरीगञ्जको जग्गा नेपाल सरकारको स्वामित्वमा
झापाको वर्षौंदेखि निष्क्रिय रहेको एक सामाजिक संस्थाको नाममा रहेको करोडौं मूल्यको जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ ।
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो । सवारीसहित रु १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो ।
चट्याङले एकै खर्कका बहत्तर भेडा मरे
जिल्लाको सभापोखरी गाउँपालिका–५, पेरुम्बामा परेको चट्याङले ७२ वटा भेडा मरेका छन् । गत शनिबार राति सभापोखरी–५, फाकुवाका सोमबहादुर लिम्बूको भेडा खर्कमा चट्याङ पर्दा भेडा मरेका हुन् ।
पाथीभरा याङ्वरकलाई मेयर कप भलिबल उपाधि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न चौथो मेयर कप पुरुष भलिबल उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ । सोमबार फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि जितेको हो ।
दमकको लाइफलाइन अस्पतालमा दुई दिनदेखि तनाव
झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक बिरामीको मृत्यु भएपछि दुई दिनदेखि तनाव सिर्जना भएको छ । अस्पताल परिसरमा जनपथ र सशस्त्र प्रहरी परिचालित भएको छ ।
५० प्रतिशत अनुदानमा धानको बीउ वितरण
भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो ६० देखि ९५ मा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो ।
इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र बन्ने
चिया र अलैंचीको मुख्य उत्पादन हुने इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापनाका लागि भौतिक संरचना निर्माणको काम जारी छ ।
खुला म्याराथनमा होमलाल र महिला हाफमा सुनसरी प्रथम
ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनमा नेपाल आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेण्डमा पार गर्दै प्रथम हुनुभएको हो ।