• १८ साउन २०८१, शुक्रबार

महिलाको शव फेला

blog

जयकृष्ण यादव
इनरुवा, साउन १८ गते ।
 सुनसरीको इनरुवा नगरपालिका-३ राधाकृष्ण मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान अन्दाजी ३५ वर्षीया एक महिलाको शव फेला परेको हो ।

महिलाको हत्या भएको हुनसक्ने अनुमानसहित घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली परिचालन गरिएको छ ।

प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले मधेशी मूलको जस्तो देखिने महिलाको शव फेला परेको र उक्त घटनाको बारेमा अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीले कुकुर परिचालन गरी थप हत्याको बारेमा अनुसन्धान गर्ने भएको छ ।