माछालाई लगाएको करेन्ट आफैँलाई लागेपछि
जिल्लाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय कागुवा खोलामा माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा स्थानीय २४ बर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो ।
वैशाखमा उनान्सत्तरी लाख भेटी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा वैशाख महिनामा उनान्सत्तरी लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार वैशाख महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी विवरण अनुसार वैशाख
उखुको व्यापार
तमोर नदी किनारमा रहेको मूलघाट बजारमा बिक्रीका लागि राखिएको उखु ।
ताप्लेजुङ पर्यटन महोत्सवमा निकालिएको र्याली
ताप्लेजुङमा आजदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ का अवसरमा उद्घाटन अघि सदरमुकाम फुङ्लिङमा निकालिएको र्यालीमा जातिय भेषभुषा सहित सहभागीहरु ।
अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित
पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सो समूहले बन्दलाई निरन्तरता दिँदै शुक्रवारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेपछि जनजीवन प्रभावित बनेको हो ।
तीन जना फरार अभियुक्त पक्राउ
पाँचथर प्रहरीले बाल यौन दुर्व्यवहार विरुद्धको मुद्रामा अदालतबाट दोषी ठहर भएपछि फरार भएका तीन जनालाई पक्राउ गरेको छ ।
दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए
दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका-११ का शमशेरबहादुर कटुवाल घर फर्किनुभएको छ । स्थानीय तहको सक्रियतामा उहाँलाई घर फर्काइएको हो ।
नक्कली धातु दिएर सुन लैजाने पक्राउ
सुनजस्तो धातु देखाएर झापाको दमकमा ज्येष्ठ नागरिक र महिलालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली सुन दिएर सक्कली सुन लैजाने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
प्रदेश सभा बलियो बन्नुपर्छ : सभामुख विष्ट
कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बलियो भएमा सङ्घीयता बलियो हुने बताउनुभएको छ । कोशी प्रदेश सभा सचिवालयको सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले सङ्घीयतामा कुनै प्रश्न उठ्न नदिन र यसको औचित्य साबित गर्न पनि प्रदेशसभा सुदृढ हुनुपर्छ भन्नुभयो ।
ताप्लेजुङमा पर्यटन महोत्सव सुरु
ताप्लेजुङमा पर्यटन महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा अवलोकन’ भन्ने नाराका साथ सदरमुकाम फङ्लिङमा पर्यटन महोत्सव सुरु भएको हो ।
हेवाखोलाको ‘डाइभर्सन’ बाढीले बगायो
वर्षासँगै पाँचथरको हेवाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा फालेलुङ गाउँपालिका ३ र ५ को सम्पर्क टुटेको छ ।
यातायात ठप्प हुँदा यात्रु मर्कामा
पाथीभरा केबुलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्दका कारण यात्रु मारमा परेका छन् । सो समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा स्थानीय यातायात सेवा ठप्प हुँदा यात्रु मारमा परेका हुन् ।
सडक किनारामा फूल
मोरङको उर्लाबारीबाट मिक्लाजुङ जाने सडक किनारमा रहेका रुखमा फुलेका फूल ।
चुरे गाउँमा पुग्यो मोटरबाटो
मोटरबाटोले नछोएको वराहक्षेत्र नगरपालिका–१ को दुईचुरे गाउँमा मोटरबाटो पुगेको छ । छ महिनाअघि वराहक्षेत्र नगरपालिकाले मोटरबाटोका लागि प्राविधिक अध्ययनको काम सुरु गरेको बाक्सिङ्टार र सिलपाखा टोलमा पहिलो पटक मोटरबाटो पुगेको हो ।
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।
इलाममा लागूऔषध घटना बढ्दै
पहाडी जिल्ला भए पनि इलाममा लागूऔषधका घटना बढिरहेका छन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा इलाममा लागूऔषध सम्बन्धी १५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
फुङ्लिङमा बिहीबार सार्वजनिक बिदा
नगरपालिकाले बिहीबारदेखि सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सव तथा अन्तर पालिकास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटनमा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो।
कांग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा राई
नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्र नं. १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
धरानमा सांस्कृतिक सचेतना अभियान सुरु
किराती संस्कृतिहरूको गलत प्रयोग विरुद्ध सचेतना अभियान सुरु गरिएको छ । किराँत राई सांस्कृतिक कलाकार सङ्घले किराँती संस्कृतिको गलत प्रयोग भइरहेको भन्दै सांस्कृतिक सचेतना अभियान सुनसरीबाट सुरु गर्न लागेको हो ।
विद्यालय नजिक लागूऔषध बिक्री गर्ने चार जना पक्राउ
चारै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको पनि चन्दले बताउनुभयो ।
भिरबाट लडेर पुरुषको मृत्यु
ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका करिब ५६ वर्षीय पदमबहादुर बस्नेतको भिरबाट लडेर ज्यान गएको हो ।
एक वर्षअगावै पुलको निर्माण अन्तिम चरणमा
मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७, कालीखोलास्थित त्रियुगा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
३० करोड लागतमा निर्मित भेडेटारको स्काइ वाक निर्माण अन्तिम चरणमा
धनकुटाको भेडेटारमा निर्माण सुरु गरिएको स्काइ वाक अन्तिम चरणमा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि हब नै मानिने भेडेटारलाई थप आकर्षक बनाउने लक्ष्यले स्काइ वाक निर्माण सुरु गरिएको थियो ।
चिया परीक्षण केन्द्र सञ्चालनको तयारी
इलामको कन्याममा निर्माण भएको चिया परीक्षण तथा प्रवर्धन केन्द्र सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले प्राविधिक सहयोग गर्ने भएको छ । चियाको राजधानीका रूपमा परिचित सूर्योदय नगरपालिकाको कन्याममा कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लगानीमा देशमै पहिलो पटक निर्माण भएको केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने प्रविधि जनशक्ति नास्टले उपलब्ध गराउने भएको हो ।