• १० मंसिर २०८१, सोमबार

दुर्घटना हुँदा छोरीको मृत्यु, बाबुआमा घाइते

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, साउन १३ गते । उत्तरी मोरङको  पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइतेमध्ये छोरी बेलबारी –१ की ११ वर्षीया सुस्मिना धिमालको उपचारका क्रममा मृत्यु भएको छ । 

शनिवार दिउFसो करिब सवा ३  बजेतिर मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ झण्डे डाँडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी– १ का ३७ वर्षीय सुनिलकुमार धिमाल,  उहाँकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षीय छोरी सुस्मिना धिमाल घाइते हुनुभएको थियो । सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङले  घाइतेहरुलाई तत्काल उपचारका  लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्‍य ाएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार गम्भीर घाइते सुस्मिनाको उपचारका क्रममा २ ः४५ बजे मृत्यु भएको हो । 

प्रहरीका अनुसार रमिते टाँडी भित्री सडक खण्डमा बा. २७ प. १८३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ७० फिट तल झरेको थियो । बालिकाको शवलाई पोस्टमार्टमको लागि उर्लाबारी ३ मङ्गलवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।