खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु
ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको छ । पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु भएको हो ।
फालेलुङका उदयद्वारा सगरमाथाको सफल आरोहण
पाँचथरको फालेलुङ गाउपालिका ३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
नीति तथा कार्यक्रमका लागि टोलटोल पुगेर सुझाव सङ्कलन
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नो नीति कार्यक्रमका विषयमा टोलटोलमा पुगेर सुझाव सङ्कलन गर्न सुरु गरेको छ।
स्पष्ट नीति नहुँदा योजना सञ्चालनमा समस्या : मन्त्री राना
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले कुन सरकारले काम गर्ने भन्ने नीति स्पष्ट नहुँदा प्रदेशमा सञ्चालित योजनाहरु सञ्चालनमा समस्या भएको बताउनुभएको छ ।
बिर्तामोडमा भेटियो सडेको शव
झापाको बिर्तामोडमा सडेको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो ।
थारू हस्तकला बनाउन सिकाइँदै
थारू समुदायका महिलालाई परम्परागत थारू हस्तकलाका सामग्री बनाउने सिप सिकाउन थालिएको छ । पछिल्लो पुस्तामा सिप हस्तान्तरण गर्न र हराउँदै जान थालेको सिप संरक्षण र संवर्धनका लागि सिकाउन थालिएको हो ।
चार दिनपछि यातायात बन्द फिर्ता
ताप्लेजुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्द चार दिनपछि फिर्ता लिएको छ।
विपन्न परिवारलाई घर हस्तान्तरण
सुनसरीको गढी गाउँपालिका-२ स्थित झोराटोल औराबनीका विपन्न सीमान्तकृत परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ । गढी २ का २० विपन्न घरपरिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।
दिक्तेल-खानीडाँडा-आहाले सडक : छ वर्षपछि कालोपत्र सुरु
कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक वि.सं.२०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्ने गरी याक्थुङहाङ-साप-सिरुवा जेभीले वि.सं.२०७५ असोज १ गते ठेक्का लिएको थियो ।
वडाध्यक्षको सुविधाबाट विद्यार्थीलाई ‘हाउस बुक’
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङले आफूले पाउने सुविधाबाट विद्यार्थीलाई ‘हाउस बुक’ प्रदान गर्नुभएको छ ।
व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिन सम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताउनुभएको छ ।
एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि
दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने हुनुभयो । श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गर्नुभयो ।
बास्केटबल उपाधि आइएसए नेपाल र इमोर्टल क्लबलाई
धरान बास्केटबल सङ्घको आयोजना तथा संयोजनमा आयोजित दोस्रो अल्फाबिटा ओपन महिला–पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिलातर्फ आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ इमोर्टल क्लवले चुमेको छ ।
सञ्चार नीतिबारे छलफल सुरु
नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उदघाटन गर्नुभएको हो ।
त्रिचालिस बर्षदेखि जग्गामा किचलो
कोशी टप्पु वन्यजन्तु आरक्षका लागि जग्गा अधिग्रहण भई मोरङको पथरीशनिश्चरेमा सट्टाभर्ना पाएर पनि जग्गा भोगचलन गर्न नपाएका जग्गाधनीले सरकारद्वारा गठित सट्टाभर्नासम्बन्धी उच्चस्तरीय समितिले तयार गरेको ‘फाराम ग’ भर्न अटेर गरेका छन् ।
चार तलामाथिबाट खसेर मजदुरको मृत्यु
घर निर्माणका क्रममा चार तले घरमाथिबाट खसेर बिर्तामोडमा एकजना मजदुरको मृत्यु भएको छ । बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्नेक्रममा चार तलामाथिबाट खसेर शुक्रवार दिउँसो १२.५० बजे भारत बोतलवारी घर भएका २० वर्षीय चामाल हक गम्भीर घाइते हुनुभएको थियो ।
चतरा अस्पतालमा दीर्घ रोगको सेवा सुरु
चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ । चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा नसर्ने रोगहरूलाई लक्षित गरेर सुगर, प्रेसर, मुटु, किड्नी, दमलगायतका दीर्घ रोग सम्बन्धी छुट्टै क्लिनिक सेवाको सुरुवात गरेको हो ।
चतरा अस्पतालमा दीर्घ रोगको सेवा सुरु
चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ ।
तेह्रथुममा ढाका महोत्सव सुरु
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
अज्ञात रोगले मरे गाई र भेडा
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अज्ञात रोगका कारण गाई र भेडा मरेका छन्। फुङ्लिङ नगरपालिका–६ का स्थानीय किसानले पालेका गाई र भेडाहरु अज्ञात रोगले मरेका हुन्।
‘ओशो पार्क’ पर्यटकको रोजाइमा
धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ ।
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिनुहुन्छ ।
तमोर कोरिडोरमा प्रहरी पोष्ट
धनकुटाको चौबिसे गाउँपालिका-४ मा फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । तमोर कोरिडोर सडक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन फलामेटारमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।
आगलागीपीडितका लागि दुई लाखभन्दा बढी राहत सङ्कलन
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका डढेलो तथा आगलागीपीडितका सहयोगका लागि राहत रकम सङ्कलन गरिएको छ । सात राजनीतिक दलको नगर कमिटीको अगुवाइमा जेठ ३ गतेसम्ममा दुई लाख बढी रकम सङ्कलन भएको छ ।