• ११ मंसिर २०८१, मङ्गलबार

जनप्रतिनिधिलाई न्याय मेलमिलाप तालिम

blog

लिलाराज झापाली

बिर्तामोड, साउन २१ गते । झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा न्याय मेलमिलाप समितिमा सूचीकृत सदस्यहरूका लागि एक दिने कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी प्रदान गरिएको छ ।   

कनकाई नगरपालिकाको न्यायिक समितिको आयोजनामा आयोजित कार्यक्रममा न्याय सम्पादनलाई कसरी छिटो छरितो गर्ने र हाल देशमा रहेका विद्यमान न्याय सम्बन्धी व्यवस्था र कानुनी लडाई प्रक्रियाका बारेमा सहभागीलाई पुर्नताजगी गराइएको कनकाई नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक आशाशर्मा शिवाकोटीले बताउनुभयो । 

तालिमको सहजीकरण झापा जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, झापा बार एसोसिएसनका अध्यक्ष नारायण भट्टराईले नगर तथा वडामा हुने गरेको न्याय तथा मेलमिलाप कार्यसम्पादनका बारेमा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चौलागाईंले तालिमबाट सिकेका ज्ञान सिपले वडामा न्याय सम्पादनमा सहयोग पुगेको बताउनुभयो  ।

तालिममा कानुनमा रहेका विद्यमान अवस्था, घरेलु हिंसा, हिंसाका प्रकार, कानुनी उपचार विधि प्रक्रिया र निःशुल्क कानुनी सहायता लगायताका विषयमा जनप्रतिनिधि, कर्मचारी र न्यायिक समितिका सदस्यहरूलाई प्रशिक्षण प्रदान गरिएको हो ।