• १६ भदौ २०८१, आइतबार

पहिरो पीडितलाई अस्थायी बसोबासको व्यवस्था

blog

गाईघाट (उदयपुर) साउन २८ गते । जिल्लाको त्रियुगा नगरपालिका-१५ खाँबुस्थित तोरीबारीमा गत असार २४ गते गएको पहिरोबाट पीडित बनेका १५ घर परिवारलाई नगरपालिकाले अस्थायी बसोबासको तयारी सुरु गरेको छ । नगरपालिकाले सोही वडाको हुबास क्षेत्रमा नगरपालिका तथा केही व्यक्तिका नाममा रहेको जग्गा भाडामा लिएर अस्थायी टहरा निर्माण गर्न लागेको जनाइएको छ । 

नगरपालिकाबाट बाँससहित टहरा निर्माण र पाल तथा टिन उपलब्ध गराएर अस्थायी टहरा निर्माणको तयारी भइरहेको हो । उहाँका अनुसार पहिरो पीडितलाई अहिलेसम्म नगरपालिका-१५ को खाँबु तथा रानीवास विद्यालयमा राखिएकोमा विद्यालय सञ्चालन भएकाले अन्यत्र सार्न लागिएको हो । पहिरोमा परी एकको मृत्यु र अन्य दुई जना घाइते भएका थिए । रासस