• ३२ साउन २०८१, शुक्रबार

पहिरोले प्राङवुङ र मेमेङ सडक अवरुद्ध

blog

फालेलुङ–५ लुमाङदिनमा गएको पहिरो । तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, साउन ३२ गते । निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँचथरको फालेलुङ गाउँपालिका–३ र ५ जोड्ने सडक अवरुद्ध भएको छ ।

फालेलुङ–५ को लुङमाङदिनमा माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । तीन दिनदेखि झर्न थालेको पहिरो शुक्रबारसम्म रोकिएको छैन । पहिरो पन्छाउन नसक्दा प्राङवुङ र मेमेङको सम्पर्क टुट्न पुगेको छ ।

पहिरोका कारण सन्तोष केरुङको घर जोखिममा पर्नुका साथै गाई गोठ भत्काएको स्थानीय अम्बिका नेपालले बताउनुभयो । मौसम सुधार भएर पहिरो खस्न रोकिएपछि सडक खुलाइने वडाध्यक्ष भरत खपाङ्गीले बताउनुभयो ।