• ३२ साउन २०८१, शुक्रबार

सोलुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का

blog

सोलुखुम्बुको खुम्बु क्षेत्रमा फुटेकाे हिमताल । तस्बिर : सामाजिक सञ्जाल ।

काठमाडौँ, साउन ३२ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ । त्यहाँको थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।

सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन नसकेको बताउनुभयो । अहिलेसम्म दुई वटा होटल पूर्ण रूपमा बगाएको र मानवीय क्षतिको विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी साेलुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार, तीनवटा घर बगाएको, चार–पाँचवटा घर तान्न लागेको छ । त्यस क्षेत्रमा प्रहरी टोली पठाइएको र विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यो समाचार तयार पार्दासम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।