संरक्षणमा उदाहरणीय ढाप पोखरी
इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनामा मानव निर्मित ढाप पोखरी पानी संरक्षण र वातावरण संरक्षणमा उदाहरणीय बनेको छ । पोखरी हेर्दा अनुमान गर्न नसकिनेगरी स्थानीयले यो पोखरी संरक्षण गरिरहेका छन् ।
सङ्खुवासभामा भूकम्पको धक्का
सङ्खुवासभा जिल्लाको गढीडाँडा बजार आसपासमा भूकम्प गएको छ ।
कार्य सम्पादनमा हलेसी तुवाचुङ उत्कृष्ट
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङ जिल्लाको स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट बनेको छ ।
पहाडी सडकमा सवारी चलाउँदै किशोरी
छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।
व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान
बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किबी, कुखुरा, केराखेतीमा दत्तचित्त भएर लागेका छन् ।
संस्कृति जगेर्ना गर्न आठपहरिया सङ्ग्रहालय
धनकुटा जिल्लामा मात्र बसोबास रहेको आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको उक्त संग्रहालयको काम अन्तिम चरणमा पुगेको हो ।
ताप्लेजुङ गोल्डकप : बिर्तामोडसँग आर्मी स्तब्ध
दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग विभागीय टोली त्रिभुवन आर्मी क्लब स्तब्ध बनेको छ ।
विपदबाट मृत्यु भएका खोटाङका चार परिवारलाई एक–एक लाख राहत
विपदबाट ज्यान गुमाएका खोटाङका चार जनाको परिवारलाई कोशी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ ।
इलाममा ऐतिहासिक जात्राको रौनक
विभिन्न जातीय भेषभूषामा सजिएर आएका युवायुवती, बालबालिकाले आज बिहानैदेखि इलाम सदरमुकामस्थित चोक गल्लीमा ऐतिहासिक बिहीबारे जात्रा मनाएका छन् ।
अभिभावक पढ्दै, विद्यार्थी घरको काम सिक्दै
इलामको रोङ गाउँपालिका-३ की विष्णुकुमारी गुरुङ उमेरले ६५ वर्ष पुग्नुभयो । विष्णुमाया ६५ वर्षको उमेरमा कापी र कलम बोकेर विद्यालय जानुहुन्छ ।
चम्पादेवी ककनी मन्दिर पहिरोले बगायो
अविरल वर्षासँगै आएको पहिरोले ओखलढुङ्गा जिल्लाको प्रसिद्ध धार्मिक स्थल चम्पादेवी ककनीको मन्दिर बगाएको छ । चम्पादेवी र सुनकोशी गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिकस्थल चम्पादेवीको मन्दिर पहिरोले बगाएको हो ।
गोल्डकपलाई वडाअध्यक्षको अढाइ लाख सहयोग
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –७ खेबाङका वडाध्यक्ष बुद्धिप्रसाद दाहालले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितालाई अढाइ लाख रुपियाँ नगद सहयोग गर्नुभएको छ ।
उत्पादन मूल्य आफैँ तोक्दा किसानलाई राहत
वर्षाले पहाडका ग्रामीण सडक भत्केपछि तरकारीको ढुवानी खर्च बढेको भन्दै व्यापारीले तरकारीको मूल्य जथाभावी बढाएका छन् । आफैँ तरकारी उत्पादन गरेर बिक्री गर्ने किसानले भने राम्रो मूल्यमा तरकारी बिक्री गर्न पाएका छन् ।
४५ दिनदेखि सुकेटारमा उडान ठप्प
ताप्लेजुङको सुकेटार विमानस्थलमा ४५ दिनदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण सुकेटारमा एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो ।
विषादीका कारण पन्ध्र कट्ठाको धान बाली नष्ट
सुनसरीको प्रकाशपुरका एक किसानले धान बालीमा आएको झार मार्ने विषादी प्रयोग गर्दा पन्ध्र कट्ठाको धान बाली सुकेर गएको छ । वराहक्षेत्र १० प्रकाशपुर तमुटोलका सन्त उरावले एक हप्ताअगाडि धान बालीमा आएको झार मार्न प्रयोग गरेको विषादीकै कारण पन्ध्र कट्ठाको धान खेत नष्ट भएको हो ।
एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता
देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु. २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा उनीहरूले उक्त रकम पाएका हुन् ।
शिक्षकमाथि आक्रमण
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एक शिक्षकमाथि साङ्घातिक आक्रमण भएको छ। पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनस्थित जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक खेमनाथ घिमिरेमाथि आक्रमण भएको हो।
ताप्लेजुङ गोल्डकप : सगरमाथा यूथ विजयी
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सगरमाथा यूथ क्लब मोरङ विजयी भएको छ । बुधबारका भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई १–० गोलअन्तरले हराउँदै मोरङ विजयी भएको हो ।
लाखेको मुकुट चित्रण गर्ने मूर्ति अनावरण
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा १६३ वर्षअघि बनाइएको लाखेको मुकुट चित्रण गर्ने मूर्ति अनावरण गरिएको छ ।
‘ताप्लेजुङका सहिद’ पुस्तक सार्वजनिक
ताप्लेजुङस्थित महान् सहिद स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘ताप्लेजुङका सहिदहरू’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
पेस्तोलसहित एकजना पक्राउ
झापाको अर्जुनधारा नगरपालिका–४ दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । प्रहरीले स्थानीय ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई मङ्गलबार राती कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
थुप्रियो राष्ट्रिय परिचयपत्र
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका सेवाग्राही समयमा परिचयपत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रको थुप्रो लाग्न थालेको छ । माथिबाट राष्ट्रिय परिचयपत्र आए पनि सम्बन्धित सेवाग्राही नआउँदा परिचयपत्र थुप्रिएको हो ।
बत्तिस वर्षमा दुई किलोमिटर कालोपत्रे
तीन दशक अघिदेखि निर्माणाधीन दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) अन्तर्गत दुई खण्डको ठेक्का तोडिएपछि सडक निर्माणको काम फेरि अनिश्चित भएको छ ।
भोजपुरको आमचोकको चौध सय रोपनीमा चियाखेती
पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।