वित्तीय संस्थामा आक्रमण गर्ने चारजना पक्राउ
मोरङको कानेपोखरी–२ थारुचौकमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लि. मा आगजनी प्रयास गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शीतभण्डार प्रयोगविहीन भएपछि विकल्प खोज्दै नगरपालिका
१३ वर्षअघि इलाम सदरमुकाममा निर्माण सम्पन्न भएको शीतभण्डार प्रयोगविहीन भएपछि इलाम नगरपालिकाले शीतभण्डारमा के गर्ने भन्ने विकल्प खोज्न थालेको छ ।
धान नाचमा रमाउँदै लिम्बू समुदाय
मङ्गलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य धान नाच (याःलाङ) आयोजना गरेका छन्। लाखेजात्राको अवसर पारेर धान कार्यक्रमको आयोजना गरी लिम्बू समुदायका मानिस धान नाचेर रमाएका हुन्।
ओखलढुङ्गामा श्रीकृष्ण जन्माष्टमीमा जात्रा
श्रीकृष्ण जन्माष्टमी अवसरमा ओखलढुङ्गामा भव्य कृष्ण जात्रा निकालिएको छ । जिल्ला सदरमुकाममा रहेका तीन वटा गुठीले छुट्टाछुट्टै कृष्ण रथसहितको यात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएका हुन् ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरो खस्दा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको नागी भन्ने ठाउँमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड अवरुद्ध भएको हो ।
चरा संरक्षण गर्न विद्यालयमा जनचेतना
कोशीटप्पु वन्यजन्तु आरक्षको घाँसे मैदान तथा सिमसार क्षेत्रमा आश्रित चरा संरक्षणका लागि विद्यालयस्तरीय सचेतना शिक्षा सुरु गरिएको छ । आरक्ष क्षेत्रमा चरा कम देखिन थालेपछि नेपाल पन्छी संरक्षण सङ्घको सहयोगमा कोशी पन्छी समाजले जनचेतनामूलक कार्यक्रम सुरु गरेको हो ।
निसान पदमार्गको पहिचान अन्तिम चरणमा
इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निसान पदमार्ग पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिइने तयारी भएको छ । नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत्
प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौँ लगानी, उपलब्धि शून्य
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो ।
चिया बजारीकरणका लागि प्रतिस्पर्धा
नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदानका लागि नेपालमा पहिलो पटक नेपाली चियाको प्रतिस्पर्धा गराइने भएको छ । इलामको सूर्योदय नगरपालिकामा रहेको ‘टी स्टेसन इन्क’ आयोजनामा भदौ ११ गते काठमाडौँमा प्रतिस्पर्धा गराउन लागिएको हो । स्वदेशी तथा विदेशी बजारमा नेपाली अर्थोडक्स चियाको माग र बजार विस्तारको सम्भावना खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको टी स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताउनुभयो । प्रतियोगितामा नेपालका साना ठुला सबै गरी एक सयभन्दा बढी चिया उद्योगले प्रतिस्पर्धामा भाग लिने छन् ।
पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु
खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मोरङले जित्यो ताप्लेजुङ गोल्डकप उपाधि
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।
पुरुषोत्तमलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा सम्पन्न राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम चौलागाईंले जित्नुभएको छ ।
रेडपाण्डा संरक्षणका लागि टोपी उत्पादन
लोपोन्मुख रेडपाण्डा खोटाङका जङ्गलमा पाइन्छन् । संरक्षणका लागि अहिले कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । संरक्षण कार्यक्रम अन्तर्गत रेडपाण्डाको चित्र अङ्कित ऊनको टोपी उत्पादन सुरु गरिएको छ ।
ताप्लेजुङमा सात सयले पाए राष्ट्रिय परिचयपत्र
ताप्लेजुङमा अहिलेसम्म सातसय जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । ताप्लेजुङमा चार वर्ष अघिदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता अर्थात् विवरण सङ्कलन गर्न सुरु गरिएको थियो ।
ताप्लेजुङ गोल्डकप उपाधिका लागि मोरङ र सिराहा प्रतिस्पर्धा गर्दै
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सगरमाथा यूथ क्लब मोरङ र सलहेश युवा क्लब सिराहाबिच प्रतिस्पर्धा हुने भएको छ ।
फिदिममा विपद् सहायता सामग्रीको खुला कक्ष स्थापना
यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ ।
सामान्य रोगबाट रङ्गेलीवासी मर्नु पर्दैन
रङ्गेली मोरङ जिल्लाको पुरानो सदरमुकाम हो । विराटनगरबाट २२ किलोमिटर पूर्वमा भारतसँग सात किलोमिटर सिमाना जोडिएको रङ्गेली नगरपालिका जिल्लाकै पुरानो बजार हो ।
देखिन छाडे ‘इन्जिनियर’ बायाँ तोप चरा
गाउँघरका घरवरिपरि नरिवल सुपारीलगायतका रुखमा झुन्डिरहेका सिप र कलाले भरिपूर्ण सुन्दर गुँड अचेल देखिन छाडेका छन् । सुन्दर गुँड बनाउने खुबी भएकैले ‘इन्जिनियर’ मानिने बायाँ तोप चरा डेढ दशकअघिसम्म ठुलै सङ्ख्यामा गाउँघरमा देखिन्थे । पोथी चरालाई आकर्षित गर्न कलात्मक गुँड बनाएर बस्ने चरा अहिले भने गाउँघरमा देखिन छाडेका छन् ।
धुम्रानाच खोज्दै गाउँतिर
थारू समुदायमा धुम्रानाचको सांस्कृतिक महत्व छ । समुदायको धार्मिक चित्रण, समुदाय र पारिवारिक एकता र परदेसिएका श्रीमान्सँगको बिछोड, प्रकृति जस्ता विषयलाई आधार बनाएर धुम्रानाच नाच्ने गरिन्छ । नटुवा, मृदङ्गिया, झाइल वादक र गबैयाको सहभागितामा नाचिने धुम्रानाचलाई समुदायमै गएर सङ्कलन गर्ने कार्य थालिएको छ ।
दिक्तेलमा नचाइयो लाखे
खोटाङको दिक्तेल बजारमा सामाजिक गुठीले दिक्तेल, सोल्मा, खाल्ले, बुइपा, खार्मी, राजापानीलगायत ठाउँका लाखे टोली झिकाएर लाखेनाच प्रदर्शन गरेको छ । किराँत चोकबाट सुरु भएको लाखेनाच बेसक्याम्प, त्रिवेणी चोक, शङ्खधर साख्वा चोकहुँदै हाटडाँडा पुगेर समापन गरिएको थियो । नेवारी वेशभूषामा सजिएका नेवार समुदायले दिक्तेल बजारमा शनिबार लाखे नृत्य प्रस्तुत गरेका हुन् । दिक्तेल सरोकार केन्द्रका संयोजक टङ्क श्रेष्ठका अनुसार समुदाय मिलेर मात्रै यस्ता संस्कृति जोगाउन सकिन्छ ।
घर फर्कंदै गरेका विद्यार्थीको चट्याङ लागेर निधन
पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका वडा न+= २ का एक बालकको चट्याङ लागेर निधन भएको छ ।
गाउँमै पुगेर स्वास्थ्य सेवा प्रदान
जिल्लाको चम्पादेवी गाउँपालिकाले गाउँ गाउँ पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर गाउँ गाउँका जनतालाई स्वास्थ्य सेवा दिएको हो ।
दाहसंस्कारमा प्लाष्टिकजन्य पदार्थ प्रतिबन्ध
इलाम नगरपालिका–४ ले आफ्नो वडामा पर्ने पुवा खोलामा मानव शवको दाहसंस्कारमा गाडीको टायर तथा प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
ऐतिहासिक निशान पदमार्गको पहिचान अन्तिम चरणमा
इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्ग पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिइने तयारी भएको छ ।