ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ ।
नगद लुटपाटमा संलग्न सातजना पक्राउ
सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निजामति सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता
ताप्लेजुङमा निजामति सेवा दिवसको अवसरमा शनिबार हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ। दिवसको अवसरमा कर्मचारीकाबिच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो।
हलेसीमा साढे ८ करोडको योजना शिलान्यास
प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा साढे ८ करोडको योजना शिलान्यास भएको छ। हलेसी बजार परिसर सडक ढलान, पर्यटकीय स्थल रक गार्डेन जाने सडक ढलान लगायतको योजना पूर्व सहरी विकास मन्त्री माननीय सीता गुरुङले शिलान्यास गर्नुभएको हो।
मेवाखोलामा पुल बनेपछि दुर्गमका बासिन्दालाई राहत
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित मेवा खोलामा मोटर गुड्ने पुल (बेलिब्रिज) बनेपछि दुर्गमका बासिन्दालाई राहत मिलेको छ ।
ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते
मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका २ लालीखर्कमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
‘कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएको छ ।
मन लोभ्याउने दृश्य (फोटो फिचर)
पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले आसपास सुन्दर डाँडाकाँडा रहेका छन् । हिले नजिकै रहेको त्रिशूले, नागढुङ्गा, गुराँसेले जोकोहीको मन लोभ्याउँछ ।
चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो
चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ ।
सङ्कटमा जलचर जीविकामा असर
धनकुटाको चौबिसे गाउँपालिका–४, भैँसेटारमा एक बस्ती छ । करिब २५ परिवारको बसोबास रहेको सो बस्तीमा अधिकांश माझी समुदायको बसोबास छ । बस्तीमुनि तमोर नदी छ । केही वर्षअघिसम्म भैँसेटारका अधिकांश मानिस तमोर नदीमा माछा मार्न व्यस्त हुन्थे । नदीमा माछा प्रशस्त पाइन्थ्यो । थोरै थोरै भए पनि त्यही माछा बिक्रीबाट धेरै स्थानीयको जीविकोपार्जन हुन्थ्यो ।
अखिल क्रान्तिकारी ताप्लेजुङको नयाँ कमिटी चयन
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित हुनुभएको छ। सदरमुकाम फुङ्लिङमा शुक्रबार सम्पन्न अखिल क्रान्तिकारीको १२ औँ जिल्ला सम्मेलनबाट अध्यक्षका अर्का प्रत्याशी तेन्जिङ कार्कीलाई पराजित गर्दै पन्दाक निर्वाचित हुनुभएको हो।
नयाँ बसपार्क सञ्चालन
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा निर्माण गरिएको नयाँ बसपार्क सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका–४ अम्बिटार नजिक गैरीमा निर्माण भएको बसपार्क बिहीबारदेखि सञ्चालनमा आएको हो।
तिरिङ्गेमा दुई घर जलेर नष्ट
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा दुई घर जलेर नष्ट भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका –३ तिरिङ्गेको खानीटोलमा बिहीबार भएको आगलागीबाट एकै परिवारका दुई दाजुभाइको घर जलेर नष्ट भएको हो ।
मोटरसाइकल दुर्घटनामा राईको मृत्यु
झापाको बुट्टाबारीमा भएको मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका एक जनाको मृत्यु भएको छ । घाइते मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका –५ बस्ने २४ वर्षीय दिवाङकर राईको उपचारका क्रममा शुक्रवार बिहान बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।
नगरप्रमुखको कार्यशैली अपारदर्शी भएको आरोप
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको कार्यशैली पारदर्शी नभएको र आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार बढेको भन्दै विभिन्न पाँच राजनीतिक दल आन्दोलित बनेका छन् ।
मोटरसाइकलको ठक्करले बालकको मृत्यु
झापाको कनकाई नगरपालिका वडा नं. ५ चप्रामारीस्थित भित्री सडक खण्डमा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
सडक मानवमुक्त बनाउने अभियानमा मेरिङ्देन
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले सडक मानवमुक्त क्षेत्र बनाउने अभियान सुरु गरेको छ। गाउँपालिकाले ‘होप फर अल’ नामक संस्थासँग मिलेर अभियानको सुरुवात गरेको हो।
अखिल क्रान्तिकारी ताप्लेजुङको सम्मेलन सुरु
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको जिल्ला सम्मेलन सुरु भएको छ। नयाँ जिल्ला समिति चयन गर्नेगरी १२ औँ जिल्ला सम्मेलन सदरमुकाम फुङ्लिङमा बिहीबारदेखि सुरु भएको हो।
आमा–छोराको शङ्कास्पद मृत्यु
दयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको शङ्कास्पद मृत्यु भएको छ ।
तिम्बुङ पोखरी ट्रेल रनको आयोजना
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित जिल्लाकै एक मुख्य पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ ।
बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान
एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किवीलगायत बहुवर्षीय बालीको खेती विस्तारमा जुटेका हुन् ।
सालको पातको दुना टपरी बनाउन मेसिनको प्रयोग
वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मेसिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् ।
पर्यटक तान्दै स्काई वाक
पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटारमा स्काई वाकले पर्यटकलाई आकर्षित गरेको छ । स्काई वाक आन्तरिक एवं बाह्य पर्यटकका लागि गन्तव्य बन्न थालेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारलाई साहसिक पर्यटनको केन्द्र बनाउन चाल्र्स पोइन्टमा स्काई वाक टावर सञ्चालनमा ल्याइएको हो ।
विद्युतीय बस खरिदमा घोटालाको आरोप
इटहरी उपमहानगरपालिकाले चार थान विद्युतीय बस खरिद गरेकालगायत विभिन्न प्रकरणमा आर्थिक घोटाला र नीतिगत भ्रष्टाचार भएको आरोप लागेको छ । उपमहानगरपालिकाले छ करोड ३६ लाख ८६ हजार ८०० रुपियाँमा केही साताअघि चार वटा विद्युतीय बस खरिद गर्दा आर्थिक घोटाला भएको भन्दै त्यसको सूक्ष्म अनुसन्धान र छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायसमक्ष माग गरिएको छ ।