• २२ भदौ २०८१, शनिबार

मन लोभ्याउने दृश्य (फोटो फिचर)

blog

पूर्वको पर्यटकीय नगरी हिलेबाट देखिएको सुन्दर दृश्य । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले, भदौ २२ गते । 
पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले आसपास सुन्दर डाँडाकाँडा रहेका छन् । हिले नजिकै रहेको त्रिशूले, नागढुङ्गा, गुराँसेले जोकोहीको मन लोभ्याउँछ ।

त्रिशूलबाट हिले बजारसहित धनकुटा बजार दक्षिण तर्फको महाभारत पर्वत श्रृखला देखिन्छ । त्यस्तै, सप्तकोशी नदिको मनोरम दृश्य समेत देखिन्छ ।


करिब २०५० मिटरको उचाइमा रहेको नागढुङ्गावाट सूर्योदयको मनोरम दृश्य, उत्तर तर्फका मकालु, गणेश हिमालसहित विभिन्न पहाडको मनमोहक दृश्य देखिन्छ । नजिकै रहेको गुराँसेको चिया बगानले इलामको झल्को दिन्छ ।

त्यस्तै, एकै स्थानबाट अरुण तमोर तथा सप्तकोशी नदी देखिनु यहाँको अर्को विशेषता हो । हिले सिधुवा सडकखण्डको आसपास रहेका यी क्षेत्रमा यो मौसममा केही पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन् ।

प्रचारप्रसार हुन नसकेको यी क्षेत्रको प्रचारप्रसार गर्न सके प्रशस्त पर्यटक भित्र्याउन सकिने स्थानीय इन्द्र सारु मगर बताउनुहुन्छ ।