ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का
ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
ताप्लेजुङमा पिक अपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ ।
भ्रष्टाचारविरुद्ध खबरदारी गरिरहन्छौैं : अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दुई तिहाइको दम्भ देखाउन खोजे सदन र सडकबाट खबरदारी गर्ने बताउनुभएको छ।
अन्तुको झल्को दिने ध्वजे डाँडा
सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढि गाउँपालिका वडा नम्बर ५ डाँडा बजारस्थित ध्वजे डाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ ।
चन्दाकै भरमा गोल्डकप आयोजनाको तयारी
मोरङको पथरी–११ फुटबल क्लब यतिबेला तेस्रो पटक सरेको मितिमा पथरीशनिश्चरे गोल्डकपको आयोजना गर्न जुटेको छ ।
उपसभामुखलाई हटाउन नहुने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गर्नुभएको छ ।
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।
विद्यालय स्तरको लागूऔषध दुर्व्यसनविरुद्ध ‘पत्रिका’ प्रकाशन प्रतियोगिता
६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालय स्तरको लागूऔषध दुर्व्यसनविरुद्ध ‘पत्रिका’ प्रकाशन प्रतियोगिता कार्यक्रम गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ ।
अनिलले गरे छुरा प्रहार गरी प्रेमिकाको हत्या
झापाको अर्जुनधारा नगरपालिका-६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रबार साँझ ६ बजेर ४० मिनेटमा एक युवकले लगातार छुरा प्रहार गर्दा सूर्योदय नगरपालिका-१० फिक्कल घरभई हाल बिर्तामोडमा रहँदै आएकी १९ वर्षीया मनीषा लोहारको मृत्यु भएको छ ।
पाँचथर अस्पतालमा स्क्रब टाइफस र डेंगुका बिरामीको चाप
पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् ।
बालबालिकाको लागि नि:शुल्क स्वास्थ्य शिविर
धनकुटामा बालबालिकाको लागि दुई दिने नि:शुल्क स्वास्थ्य सिविर आयोजना गरिएको छ ।
खैरो हिरोइनसहित तीन पक्राउ
ताप्लेजुङमा प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले सदरमुकाम फुङ्लिङबाट पक्राउ गरेको हो ।
कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार
कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ । विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषदमा तीन मन्त्री र एक राज्यमन्त्री थप गरी शुक्रबार मन्त्रिमण्डल विस्तार गरिएको हो ।
चाडपर्व लक्षित बजार अनुगमन सुरु
सुनसरीमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन थालेको छ ।
स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा महिला उद्यमी
यहाँका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश नागरिकको भान्छामा गुन्द्रुक, किनीमा र सिस्नो तथा कोदोको ढिँडो र मकैको च्याख्ला अवश्य पाक्छ । अचेल त सहर बजारमा बसोबास गर्ने मानिसले पनि यी वस्तुको खोजी गर्न थालेका छन् । ग्रामीण भेगमा उत्पादन गरेका अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री सहर बजारमा खोजी हुन थालेसँगै व्यवसायीकरण गर्ने अभियान पनि सुरु भइरहेका छन् । महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले पहिले गरिबको भान्छामा पाक्ने खाद्यवस्तु अचेल धनि परिवारको समेत रोजाइमा पर्न थालेपछि यस्ता अभियान भइरहेका बताउनुभयो । “पहिलेपहिले गुन्द्रुक, किनी र सिस्नो तथा कोदोको ढिँडो र मकैको ठेप्ला गरिबको भान्छामा पाक्ने खानेकुरा भनेर चिनिन्थ्यो । अहिले यसको महत्व र फाइदाका बारेमा धेरैलाई जानकारी भएको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन हुने
चियाका ‘गहना’ शरद
तयारी चिया उत्पादनको यो मुख्य याममा इलाम जसबिरेका शरद सुब्बालाई फरक बास्ना र फरक स्वादको चिया कसरी बनाउने भन्ने कुराले व्यस्त बनाएको छ ।
खोटाङ कारागारः क्षमता ९९, कोचिए एक सय ६२ कैदीबन्दी
जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदीबन्दी भएका हुन् ।
हवाइ यात्रा विहीन भोजपुर, यात्रु मारमा
भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ ।
झापामा पूजाको प्रसाद खाँदा ८० जना बिरामी
झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर 'फुड पोइजन' हुँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । हालसम्म शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा ४ र मनमोहन अस्पतालमा ३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् ।
दमकमा वडा स्तरमा 'केएचडिसि' कार्यक्रम सञ्चालन
नसर्ने रोगहरूको पहिचान र उपचारका लागि दमक नगरपालिकाका हरेक वडामा 'केएचडिसि' कार्यक्रम सञ्चालन सुरु गरेको छ । यसअघि नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले केएचडिसि नेपालसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
लिखत सम्बन्धी कसुरमा वडा अध्यक्ष पक्राउ
सुनसरीको देवानगञ्ज गाउँपालिका-७ का वडा अध्यक्ष सुर्यनारायण यादव लिखत सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।
दुधको मूल्य बक्यौता छिट्टै समाधान हुन्छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषकमाझ रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।