कोशी प्रदेश सभाको सात संसदीय समितिको सभापति छान्ने प्रक्रिया सुरु
कोशी प्रदेश सभा अन्तर्गतका संसदीय समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ । आम निर्वाचन भएको ११ महिनापछि गत वर्षको कात्तिक २० गते संसदीय समितिहरू गठन गरिएको भए पनि अहिलेसम्म संसदीय समितिहरूको सभापति टुङ्गो लागेको थिएन ।
वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी
नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताउनुभयो ।
ऊर्जा र जलस्रोतका सबै ठुला आयोजना एक वर्षभित्रमा अघि बढाइने: मन्त्री खड्का
रुग्ण बन्दै गएका ऊर्जा र जलस्रोतका ठुला आयोजना अघि बढाइ देशका सबै क्षेत्रमा विद्युत् पुर्याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताउनुभयो । धनकुटामा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले विद्युत् उपभोगको पहिलो अधिकार जनतामा रहेकाले यसलाई पुरा गरेरै छाड्ने बताउनुभयो ।
पूजाको प्रसादी खाँदा झापामा ५९ जना बिरामी
झापाको अर्जुनधारा नगरपालिका ९ खरबन्दीमा पूजाको प्रसाद खाएकामध्ये फुड पोइजन भएर ५९ जना गाउँले र आफन्त बिरामी परेका छन् । मङ्गलवार दिनभर जसो फुड पोइजन भएर बिरामी हुँदा बिरामी परेका ५९ जना मध्ये बिहीबारसम्ममा ५२ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
लाइसेन्सको अस्थायी कार्ड वितरण सुरु
कोशी प्रदेश सरकारले प्रदेशमै पहिलो पटक सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अस्थायी कार्ड वितरण अभियान सुरु गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेश सरकारमातहत रहेको यातायात व्यवस्था कार्यालय इटहरीमा आयोजित कार्यव्रmममा मोरङ र सुनसरीका चार जना सेवाग्राहीलाई अस्थायी सवारीचालक अनुमतिपत्र वितरण गरेर अभियान सुरु गरेको हो ।
असोज १३ देखि सफा र सुकिलो नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।
एक वर्षभित्रमा सबै क्षेत्रमा विद्युत पुग्छ : मन्त्री खड्का
ऊर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले आगामी एक वर्ष भित्रमा विद्युत नपुगेको देशको सबै क्षेत्रमा विद्युत पुराउने लक्ष्य रहेको बताउनुभयो ।
योजनाको भुक्तानी नपाएपछि आन्दोलन गर्दै उपभोक्ता
नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भए पनि भुक्तानी नपाएपछि उपभोक्ताहरूले बुधबार इटहरी उपमहानगरपालिका अगाडि नगर प्रमुख हेमकर्ण पौडेलविरूद्ध नाराबाजी गरेका छन् ।
केबलकार परियोजनाविरुद्ध मुन्धुमी कला प्रदर्शन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाविरुद्ध मुन्धुमी आदिवासी कला प्रदर्शन गरिएको छ। पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिको अगुवाइमा सदरमुकाम फुङ्लिङमा बुधबार प्रदर्शन गरिएको हो।
स्थानीय तहले विवरण नपठाएपछि कित्ताकाट रोकियो
बारम्बारको पत्रलाई बेवास्ता गरेको भन्दै नापी कार्यालय दमकले आफ्नो कार्यक्षेत्रभित्रका पालिकाहरूको कित्ताकाट रोक्का गरेको छ । झापाको दमक नगरपालिका सहितका पालिकाहरूको कित्ताकाट रोकेको हो ।
अलपत्र परेका ठुला योजना सञ्चालन गर्न लागि परेको छु : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आफूले मन्त्रालय सम्हालेपछि अलपत्र परेका ठुला योजना सञ्चालन गर्न लागि परेको बताउनुभएको छ ।
तिम्बुङ पोखरी ट्रेल रनमा पाँचथरका विशाल प्रथम
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथर, फिदिम नगरपालिका–१४ का विशाल राई प्रथम हुनुभएको छ ।
पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख र घाइतेको निःशुल्क उपचार
सरकारले पाँचथरको फालेजुङ गाउँपालिका-५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ ।
दोस्रो ताप्लेजुङ गोल्ड कपको खर्च ७३ लाख
दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा खर्च त्रिहत्तर लाख रुपियाँ खर्च भएको छ ।
‘विकासका काममा अवरोध नगरौँ’
धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको विकासका चाहना पूरा गर्न जनप्रतिनिधि तथा कर्मचारी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खड्काले स्थानीय तहका निम्ति विनियोजित बजेट उपयोग नहुँदा विकास–निर्माणका काम प्रभावित भएका बताउनुभयो ।
माथिल्लो अरुण जलविद्युत् परियोजना ‘नेपालले नै बनाउने’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् परियोजना नेपाल सरकारले नै निर्माण गर्ने बताउनुभएको छ ।
पूर्व मुख्यमन्त्री कार्की प्रहरी नियन्त्रणमा : केही बेर झडप
निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट हटाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले दियो सांसदलाई वित्तीय साक्षरता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सञ्चालन भएको छ ।
अरिङ्गालले टोकेर घाइते भएका लिम्बूको मृत्यु
अरिङ्गालले टोकेर घाइते भएका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ।
पुर्खौली फल सरिफा बेचेर आम्दानी गर्दै आठपहरीया
जङ्गलमा पाइने सरिफा फललाई ब्यवसायीक खेती गरी बिक्रि गरेर धनकुटाका किसानले आम्दानी लिन थालेका छन् ।
वडाध्यक्ष वैदेशिक रोजगारीका लागि हङकङमा, खोजी गर्दै वडाबासी
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका बासिन्दाले वडाध्यक्षको खोजी गर्न थालेका छन्। विगत १० महिनादेखि वडा कार्यकक्षमा अनुपस्थित रहनुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमको वडाबासीले खोजी गर्न थालेका हुन्।
निषेधित क्षेत्रमा पूर्व मुख्यमन्त्रीको अनशन
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासको क्षेत्रमा कुनै पनि विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेकै ठाउँमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गर्नुभएको छ।
कोशी प्रदेश सभाका सांसदलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सञ्चालन भएको छ ।
विद्यार्थी बेहोस हुन थालेपछि कक्षा बन्द
अचानक विद्यार्थी बेहोस हुन थालेपछि सुनकोशी गाउँपालिका-५ मूलखर्कको चौतारा माध्यमिक विद्यालयका तीन वटा कक्षा बन्द गरिएको छ।