• २६ पुस २०८१, शुक्रबार

पुर्खौली फल सरिफा बेचेर आम्दानी गर्दै आठपहरीया

blog

सरिफा टिप्दै स्थानीय । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे 

हिले, भदौ २५ गते । जङ्गलमा पाइने सरिफा फललाई ब्यवसायीक खेती गरी बिक्रि गरेर धनकुटाका किसानले आम्दानी लिन थालेका छन् ।

मल, विषादि प्रयोग गर्न नपर्ने सरिफा बारीमा आफैं पनि उम्रिने गरेको छ । यसको खेती गर्दा धेरै मिहिनेत नगरी नै फल्ने गरेको छ । कुनैबेला जङ्गलमा फलेका सरिफा टिपेर खाने गरेका स्थानियले अहिले भने यसलाई ब्यबसायीक बनाउन थालेका हुन् ।

धनकुटा नगरपालिकाको दक्षिण तर्फ वडा नम्बर आठका याक्ते, सान्ताङ, तेत्रेदाङ लगायतका गाँउ पर्छन् । तमोर नदि भन्दा सिधै माथि रहेका यि गाँउमा सुख्खा तथा गिटि युक्त माटो छ । यहाँ अरु फलफुलभन्दा सरिफा फल बढि र राम्रो उत्पादन हुन्छ । सरीफालाई स्थानियले पुर्यौली फल भनेर चिन्ने गरेका छन् । पछिल्लो समय स्थानियले यहि पुख्र्यौली फलको बिक्रि गरी आम्दानी गर्न थालेका छन् ।

स्थानिय देशमाया आठपहरीया अहिले पुख्र्यौली बिक्रि हुन थालेको बताउनु हुन्छ । उमेरले करीब ७० दशक कटाउनु भएकी आठपहरीया आफ्नो पालामा बिक्रि बितरण नहुने गरेको भएपनि अहिले भने छारी बुहारीले बजार लगेर बिक्रि गर्ने गरेको बताउनुहुन्छ । “पुख्र्यौली फल खेतबारी र जंगलमा धेरै हुन्थ्यो खाएको खाइन्थ्यो अरु त्यत्तिकै खेर जान्थ्यो बिक्रि बितरणको कुरै हुदैनथ्यो, तर अहिले बिक्रि हुन्छ अलिअलि आम्दानी हुन्छ” आठपहरीया भन्नुहुन्छ । 

करिब एक दशक अघि सम्म यहाँका स्थानीयलाई पुख्र्यौली फल बिक्रि हुन्छ भन्ने जानकारी थिएन । नजिकैको जङ्गल तथा बारीमा फलेका सरीफा सकेको खान्थे नसकेको त्यतिकै खेर जान्थ्यो । तर अहिले बिक्रि हुन थालेको छ ।

त्यसो त स्थानियले अहिले यसको ब्यबसायीक खेती गर्न थालेका छन् । जङ्गलमा पाइने सरिफाको माग हुन थालेपछि स्थानीय कृषकले बारीमा बिरुवा रोपेर व्यावसायिक उत्पादन सुरु गरेका वडा नम्बर आठका वडाध्यक्ष रसबहादुर राई ताउनुहुन्छ । 

मल, विषादि प्रयोग गर्न नपर्ने सरिफा बारीमा आफैं पनि उम्रिने गरेको छ । धेरै मिहिनेत नगरी नै फल्ने गरेको छ । अरु फलफल भन्दा यो क्षेत्रमा सरीफा राम्रो हुने गरेको स्थानीयको भनाई छ । अर्गानिक फल सरिफा खासगरी बेंसी क्षेत्रका जङ्गलमा भदौदेखि दुई महिनासम्म फल्न गरेको छ ।

सरिफा फलको व्यावसायिक खेती हुन थालेको भएपनि सरकारी निकायबाट भने प्रवर्दनको कार्यक्रम सञ्चालन हुन सकेको छैन । जसले गर्दा किसानले विना अध्ययन आफ्नो तरिकाले खेती गरिरहेका छन् । तर यो क्षेत्रमा सरिफा फलको राम्रो सम्भाबना भएकको भन्दै कृषि ज्ञान केन्द्र धनकुटाले यसको अध्ययन सुरु गरेको छ । आगामी साल प्रदेश र संघ सरकारलाई प्रस्तावना पेश गरेर प्रवद्र्धनको कार्यक्रम ल्याउने केन्द्रका प्रमुख नगेन्द्र रानाले बताउनुभयो ।

जिल्लामा कति क्षेत्रफलमा खेती र कति उपादन हुन्छ भन्ने आधिकारीक तथ्याङ्क भने कहि कतै पाइदैन । तर तमोर तथा अरुण नदि बेसीनमा यो फल देख्न पाईन्छ । यसैलाई अधारमानी कृषि ज्ञान केन्द्र धनकुटाले यसको अध्ययन सुरु गरेको हो ।

बजारमा ६० देखि ८० रुपियाँसम्म पर्ने सरिफा कृषकको बारीबाट केजीको ४० रुपियाँमा बिक्री हुँदै आएको छ । धनकुटा बजार मात्रै नभएर धरान, इटहरी, विराटनगरसहित काठमाडौँसम्म पुग्ने गरेको ब्यापारीहरु ताउछन् ।