• ११ मंसिर २०८१, मङ्गलबार

अलपत्र परेका ठुला योजना सञ्चालन गर्न लागि परेको छु : मन्त्री खड्का

blog

धनकुटा कांग्रेस आयोजना गरेको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का ।

कबिराज घिमिरे 

हिले, भदौ २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आफूले मन्त्रालय सम्हालेपछि अलपत्र परेका ठुला योजना सञ्चालन गर्न लागि परेको बताउनुभएको छ । नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा धनकुटा पुग्नुभएको मन्त्री खड्काले यस्तो बताउनुभएको हो । 

उहाँले आफूले मन्त्रालय सम्हालेपछि पञ्चेश्वर आयोजना, बुढी गण्डकी आयोजना, अपर अरुण तथा उच्च जलाशययुक्त आयोजना अघि बढाएको बताउनुभएको हो । नेपालीको आयस्तर वृद्धि गर्ने यस्ता आयोजना सम्पन्न गर्ने आफ्नो पहिलो लक्ष्य रहेको उहाँको भनाइ छ । “यी आयोजनाबाट विद्युतीय र सिँचाइको हिसाबले पनि लाभ पुग्ने भएकाले यस्ता आयोजना प्राथमिकतामा राखेर काम अघि बढाएका हौँ,” मन्त्री खड्काले भन्नुभयो । 

यी आयोजनाले तमाम नेपालीलाई गरिबीको रेखा भन्दा माथि उकास्ने समेत उहाँको दाबी छ । बंगालादेशमा ४० मेगावाट विद्युत बिक्रीको लागि चाडै सम्झौता उन लागेको समेत बताउनु भयो । बंगालादेशमा आवश्यक गर्ने ७ ८ हजार मेगावाट बिजुली नेपालबाटै निर्यात हर्न सकिने समेत बताउनुभयो । 

चीन नजिक सञ्चालन हुने आयोजनाको बिजुली चिनलाइनै बिक्री गर्न समेत छलफल चलिरहेको बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै मन्त्री खड्काले वर्तमान सरकार पुरा समय नै सञ्चालन हुने समेत बताउनुभयो । जनतामा थपिएका समस्याको बारेमा वर्तमान सरकार तथा ठुला नेतालाई बोध रहेकाले अहिलेको सरकारले जनअपेक्षा अनुरूप काम गर्नुपर्नेमा समेत जोड दिनुभयो ।