• २५ पुस २०८१, बिहिबार

ऊर्जा र जलस्रोतका सबै ठुला आयोजना एक वर्षभित्रमा अघि बढाइने: मन्त्री खड्का

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका साथमा अन्य । तस्बिर: कोकिला भण्डारी

कोकिला भण्डारी 

धनकुटा, भदौ २७ गते । रुग्ण बन्दै गएका ऊर्जा र जलस्रोतका ठुला आयोजना अघि बढाई देशका सबै क्षेत्रमा विद्युत् पुर्‍याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले  बताउनुभयो । धनकुटामा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले विद्युत् उपभोगको पहिलो अधिकार जनतामा रहेकाले यसलाई पूरा गरेरै छाड्ने बताउनुभयो । 

बुधवार मन्त्री खड्काले धनकुटास्थित जिल्ला प्रशासन कार्यालयको सभा हलमा धनकुटा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । कार्यक्रममा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्य, ऊर्जा  जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रीको वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, जल तथा मौसमविज्ञान विभागका महानिर्देशक जगदीश्वर कर्माचार्य, विद्युत् विकास विभाग महानिर्देशक नवीनराज सिंह, जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशक सञ्जीव बराल, जलस्रोत अनुसन्धान तथा विकास केन्द्र कार्यकारी निर्देशक दिनेश रजौरिया, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो ।