दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ
मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
पहिरोले झोलुङ्गे पुल भत्काएपछि घुन्साखोलामा बन्यो तुइन
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलाको झोलुङ्गे पुल पहिरोले भत्काएपछि तुइन सञ्चालन गर्न सुरु गरिएको छ। कञ्चनजङ्घा पद मार्गमा पर्ने घुन्सा खोलाको झोलुङ्गे पुल भएकै ठाउँमा अहिले तुइन सञ्चालनमा ल्याइएको हो।
अलैँचीको मूल्य बढेपछि कृषक उत्साहित
अलैँचीको मूल्य बढेपछि धनकुटाका अलैँची कृषक उत्साहित भएका छन् । अहिले अलैँचीको मूल्य प्रतिमन ८४ हजार छ ।
चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी
चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा बर्सेनि चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खाेज्न थालेका छन् ।
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।
सुकेटारमा तीन महिनापछि उडान सुरु
ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको तीन महिनाभन्दा बढि समयपछि सुकेटारमा नेपाल वायु सेवा निगमले उडान सुरु गरेको हो ।
बिहीबारदेखि सुकिलुम्बा विमानस्थलबाट हवाई उडान हुने
तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो ।
उपभोक्तालाई ऐनसम्बन्धी अनुशिक्षण दिँदै महासङ्घ
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले उपभोक्तालाई वन ऐन तथा नियमावलीसम्बन्धी अनुशिक्षण दिन थालेको छ । वन ऐन तथा वन नियमावलीमा भएको व्यवस्थाबारे जानकारी गराउन जिल्ला महासङ्घले स्थानीय उपभोक्तालाई अनुशिक्षण दिन थालेको हो ।
राजगमार्ग कालोपत्रे गरेलगत्तै खण्डहर
पाँचथरको जोरपोखरी–गोपेटार सडकखण्ड जोड्ने सडक खण्डहर भएको छ । गत चैत वैशाखमा कालोपत्रे गरिएको मेची राजमार्गको ताप्लेजुङ फिदिम खण्ड भत्किएपछि सवारीसाधन मात्रै नभएर मान्छे हिँडडुल गर्न समेत हम्मे हम्मे पर्न थालेको छ ।
बाढीका कारण बस्ती जोखिममा
भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् ।
सामूहिक कोदो खेती
वराहक्षेत्र नगरको सूर्यकुण्ड, चियाबारी, धापागाउँ क्षेत्रका किसान समूहमा कोदो खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्र सुनसरीले रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेपछि किसान समूहमा कोदो खेती गर्न थालेका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ क्षेत्रमा रैथाने बाली प्रवर्धन कार्यक्रम एक वर्षदेखि जारी छ । स्थानीय कुलुङ कृषक समूहको अगुवाइमा कोदो खेती हुँदै आएको समूहका सल्लाहकार अर्जुन कुलुङले बताउनुभयो । उहाँका अनुसार भदौको सुरुवातसँगै कोदो रोप्न थालिएको छ । कोदो खेतीका लागि हावापानी राम्रो रहेको सूर्यकुण्ड, धापागाउँ, चियाबारी क्षेत्रमा किसानले कोदो रोप्दै
दुध उत्पादक किसानले पाएनन् भुक्तानी
दुग्ध विकास संस्थान (डिडिसि) बाट धनकुटाका दुध उत्पादक किसानले विगत नौ महिनादेखि भुक्तानी पाएका छैनन् । गत वर्षको मङ्सिर १५ गतेसम्मको मात्र भुक्तानी गरेको संस्थानले त्यसयता कुनै पनि रकम भुक्तानी नगरेको दुध उत्पादक जिल्ला सहकारी सङ्घ धनकुटाले जनाएको छ । पहिले १५ दिनको अन्तरमा भुक्तानी गर्दै आएको संस्थानले गत वर्षबाट नियमित भुक्तानी गर्न छाडेको सङ्घका सचिव रोमबहादुर बाजिम्पाकले बताउनुभयो ।
घाँस काट्न गएकी महिलाको लडेर मृत्यु
पाँचथरको फालेलुङ गाउँपालिका–५ लुदिनटारकी ५५ वर्षीय महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।
विद्यालयको बालबचत खाता,डेढ वर्षमै अठासी लाख जम्मा
इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा सञ्चालन गरेको बालबचत खातामा डेढ वर्षको अवधिमा ८८ लाख रुपियाँभन्दा बढी रकम जम्मा भएको छ ।
समानुपातिक निर्वाचन प्रणाली कायम राख्नुपर्ने माग
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिक निर्वाचन प्रणाली कायम राख्नुपर्ने माग गरेको छ।
घरेलु महासङ्घ र महिला समितिको नयाँ नेतृत्व चयन
ताप्लेजुङस्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा महिला उद्यम समितिको नयाँ नेतृत्व चयन भएको छ। उद्योग महासङ्घको नेतृत्वमा राजेन्द्रप्रसाद भारती र महिला उद्यममा बिष्णु श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो।
शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीद्वारा हिरासत भवन उदघाटन
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले इलाका प्रहरी कार्यालय धरानको परिसरमा नवनिर्मित हिरासत भवनको उदघाटन गर्नुभएको छ ।
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।
संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने
लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो ।
मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत भेटिए
मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन्।शनिबार साँझ साडे ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा मृत बालिका फेला पारेका हुन् ।
विर्तामोडमा बसको ठक्करबाट एक जनाको मृत्यु
शनिबार साँझ ५ बजेतिर विर्तामोड नगरपालिका–५ स्थित हिकोला अगाडिको राजमार्गमा विर्तामोड बसपार्कबाट विर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बिबिसी तेह्रथुमलाई गोल्डकप उपाधि
तेह्रथुमको म्याङलुङमा आयोजित सहिद नेत्र गुराँगाई स्मृती गोल्डकपको उपाधि बिबिसी तेह्रथुमले हात पारेको छ ।
सिन्का बेचेर जीवन निर्वाह गर्नुहुँदै ७९ वर्षीय धनबहादुर
इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बन्नुभएको छ– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुग्नुभएका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्नुहुन्छ ।