• १६ भदौ २०८१, आइतबार

विर्तामोडमा बसको ठक्करबाट एक जनाको मृत्यु

blog

विर्तामोड, भदौ १५ गते।  झापाको विर्तामोडमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शनिबार  साँझ ५ बजेतिर विर्तामोड नगरपालिका–५ स्थित हिकोला अगाडिको राजमार्गमा विर्तामोड बसपार्कबाट विर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा पछाडि सवार इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटी गम्भीर घाइते हुनुभएको थियो। उहाँको विएण्डसी अस्पताल विर्तामोडमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।   मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदी भने सकुशल रहेको प्रहरीले जनाएको छ।  

बस र बस चालक कनकाई नगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा  र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको प्रहरीले जनाएको छ।