• ३० भदौ २०८१, आइतबार

गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

blog

फुङ्लिङ (ताप्लेजुङ), भदौ २९ गते । ताप्लेजुङमा पिक अपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो । टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो । रासस