• २९ भदौ २०८१, शनिबार

विद्यालय स्तरको लागूऔषध दुर्व्यसनविरुद्ध ‘पत्रिका’ प्रकाशन प्रतियोगिता

blog

विद्यालय स्तरको लागूऔषध दुर्व्यसनविरुद्ध ‘पत्रिका’ प्रकाशन प्रतियोगिता कार्यक्रम । तस्बिर : निशा राई

निशा राई
धरान (सुनसरी) भदौ, २९ गते ।
 ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालय स्तरको लागूऔषध दुर्व्यसनविरुद्ध ‘पत्रिका’ प्रकाशन प्रतियोगिता कार्यक्रम गरिएको छ ।

“लागूऔषध दुरुपयोगविरुद्ध लडौँ : रोकथाममा जोड दिऔँ” भन्ने मूल नाराको साथ वराहक्षेत्र नगरपालिका वडा नं.६ मा शिक्षा युवा तथा खेलकुद शाखाले कार्यक्रम आयोजना गरेको हो ।

इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टीको सहकार्य र फ्यान क्लबको प्राविधिक सहयोगमा ‘लागूऔषध दुर्व्यसन’ सम्बन्धी सचेतनामूलक फ्यान भित्ते पत्रिका प्रकाशन प्रतियोगितामा प्रतियोगितामा वराहक्षेत्र नगरपालिकाको १२ वटा विद्यालयहरूले सहभागी जनाएको थियो ।

जसमा महेन्द्र माध्यमिक विद्यालय प्रथम, मर्निङ स्टार बोर्डिङ स्कुल दोस्रो, आदर्श मावि तेस्रो र सरस्वती मावि चौथो भएको थियो ।

प्रमुख अतिथि इलाका प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले, वराहक्षेत्र नगरपालिकाको शिक्षा शाखाको अधिकृत देवेन्द्र मल्ललगायतले विजेता भएका विद्यालयहरूलाई क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार नगद रकमसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

लागूऔषधले जति जरा गाडेको छ त्यसको जरा फाल्न धेरै गाह्रो भएको बताउनुहुँदै प्रवक्ता भण्डारी लागूऔषधमा युवाहरू फसेको बताउनुभयो ।