• १६ भदौ २०८१, आइतबार

माछा मार्न गएका युवकको मृत्यु

blog

लक्ष्मीचोक निवासी ३० बर्षीय मृतक नरेश मोक्तान ।

लीलाराज खड्का 

बिर्तामोड, साउन ३० गते । झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । झापा हल्दीबारी गाउँपालिका –४, लक्ष्मीचोक निवासी ३० वर्षीय नरेश मोक्तानको घरछेउमा जमेको खाडलमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा मङ्गलबार बेलुकी ५ बजे  करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  

करेन्ट लगाउने क्रममा घाइते भएका उहाँलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकले उहाँलाई मृत घोषित गर्नुभएको थियो । घटनापश्चात् जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।