• १६ भदौ २०८१, आइतबार

पहिरोले दश लाख क्षति

blog

शेरबहादुर राई

ओखलढुङ्गा, साउन ३१ गते । पहिरोमा पुरिएर चार सय वटा कुखुरा मरेका छन् । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ मा पहिरोले कुखुराको फार्म पुरिँदा चार सय वटा कुखुरा मरेका हुन् । 

स्थानीय आशबहादुर राईले सञ्चालन गरेको बाँसको चित्रा, प्लाष्टिकको छानोले निर्माण गरिएको फार्म पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण खड्काले यससँगै फार्ममा रहेको छ बोरा कुखुराको दाना, चार बोरा भुस र एक सेट सोलार प्यानल पुरिएर क्षति भएको जानकारी दिनुभयो । 

प्रहरीले दिएको जानकारी अनुसार राईको करिब १० लाख बराबरको क्षति भएको छ । ३० गते राती परेको अविरल वर्षाका कारण फर्मभन्दा माथिबाट आएको ढुङ्गा माटोको लेदोसहितको पहिरोले राईको कुखुराको फार्ममा क्षति गरेको हो ।